नेपाल

राष्ट्रपति चयनमा राष्ट्रिय सहमति खोज्नुपर्ने माओवादीको जोड

राष्ट्रपति चयनमा राष्ट्रिय सहमति खोज्नुपर्ने माओवादीको जोड


शेयर गर्नुहोस:

270
Shares

  • change font
  • change font

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपतिको चयन हुनुपर्नेमा जोड दिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको स्थायी समितिको बैठकले राष्ट्रिय सहमतिका आधारमा नै राष्ट्र प्रमुख चयन हुनुपर्नेमा जोड दिएको हो ।

बैठकमा बोल्ने अधिकांशले संवैधानिक भूमिका रहने भए पनि राष्ट्रपति चयन गर्दा सबै पाटा र पक्षलाई ख्याल गर्न सक्ने र सबैको स्वीकार योग्य व्यक्ति आवश्यक रहेकामा जोड दिइएको पार्टी उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

Advertisement

उनले भने, “राष्ट्रिय सहमतिअनुसार नै राष्ट्रपति चयन गर्न पहल गर्ने विषयमा नै अधिकांश स्थायी समिति सदस्यले आफ्ना धारणा राख्नुभएको छ । हामीले दलहरूसँग छलफल गर्छौ । कहाँ राष्ट्रिय सहमति हुन्छ ।”

बैठकमा विभिन्न पार्टीसँग पछिल्ला दिनमा भएका पार्टी एकतासम्बन्धी छलफलका क्रममा भएका विषयमाथिको प्रतिवेदन उपाध्यक्ष महराले पेश गरेका थिए । बैठकमा पार्टीको सङ्गठनसम्बन्धी प्रतिवेदन उपमहासचिव जनार्दन शर्मा र स्कुलिङसम्बन्धी प्रतिवेदन गिरिराजमणि पोखरेलले पेश गरेका थिए ।