मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

फ्रान्सलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबल विजेता

फ्रान्सलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबल विजेता

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कतार । कतार विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । फाइनलमा अर्जेन्टिना पेनाल्टी सुटआउटमा ४–२ ले विजयी भएको हो । यो जितसँगै अर्जेन्टिनाले विश्वकपको उपाधिमा ह्याट्रिक गरेको छ । 
 
अर्जेन्टिनाको यो तेस्रो विश्वकप उपाधि हो । यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि थियो । निर्धारित ९० मिनेटमा खेल २-२ र अतिरिक्त समयमा ३-३ गोलको बराबरीमा सकिएको खेल टाइब्रेकरमा पुगेर सकिएको थियो । टाइब्रेकरमा अर्जेन्टिनाले चार गोल गर्दा फ्रान्सले दुईवटा मात्र गोल गर्न सक्यो । फ्रान्सका दुईवटा प्रहार विफल बनेको थियो । 
 
निर्धारित समयमा अर्जेन्टिनाका लागि लियानल मेस्सीले दुई तथा एन्जल डि मारियाले गोल गर्नुभयो । फ्रान्सका लागि केलिएन एमबाप्पेले ह्याट्रिक गर्नुभयो । रोचक खेलमा मेस्सीले २३औं मिनेटमा पेनाल्टीमा गोल गर्नुभएको थियो ।
 
निर्धारित ९० मिनेट २-२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । मेस्सीले अतिरिक्त समयमा अर्जेन्टिनालाई अग्रता दिलाएपनि एमबाप्पेले पेनाल्टीमा गोल गर्दै खेल पुन बराबर गरे ।

 
पेनाल्टी सुटआउटमा किलीयन एमबाप्पेले फ्रान्सका लागि पहिलो गोल गरे । लगत्तै मेस्सीले पनि गोलमा परिणत गरे । किंग्सले कोमानले गरेको फ्रान्सको दोस्रो प्रहार गोलरक्षक एमिलियानो मार्टिनेजले बचाए । लगत्तै पाउलो डिबालाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए ।
 
पहिलो हाफमा अर्जेन्टिनाको तुलनामा फितलो देखिएको फ्रान्सले पहिलो हाफमा गोल गर्न लायक अवसर बनाउन सकेको थिएन ।
 
एम्बाप्पले निर्धातिर ९० मिनेटको खेलमा ९७ सेकेन्डको फरकमा दुई गोल गरेसँगै कतार विश्वकप फुटबलको फाइनल खेल रोमाञ्चक बनाएका थिए । मध्यान्तरसम्म २–० ले अग्रता लिएको अर्जेन्टिनाले ८० र ८१ औं मिनेटमा ९७ सेकेन्डको अन्तरमा दुई गोल खाएसँगै निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएको हो । 
 
यसअघि कप्तान मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । उनले २३ औं मिनेटमा गोल गरेका थिए । त्यस्तै ३६ औं मिनेटमा एन्जल डी मारियाले निकै आकर्षक गोल गर्दै अर्जेन्टिनालाई २–० ले अग्रता दिलाएका थिए । 
अतिरिक्त समयको १०८ औं मिनेटमा मेस्सीले गोल गरेका थिए । तर ११८ औं मिनेटमा एम्बाप्पेले गोल गरेका थिए । यो खेलपछि मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् । 
 
 
मेसीकाे सपना पूरा 


 
अर्जेन्टिनी स्टार लियाेनल मेसीकाे विश्वकपकाे ट्रफी उचाल्ने सपना पूरा भएकाे छ । आफ्नाे अन्तिम विश्वकपमा मेसी विश्वकप जित्न चाहन्थे ।
 
आजको फाइनल खेलअघि सात पटकका बालोन डि’ओर विजेता लियोनेल मेस्सी आफ्नो फुटबल करियरमा कयौँ उपाधिहरू जितेका थिए । तर, पेले र म्याराडोनासँगै राखेर ‘अहिलेसम्मकै महान् खेलाडी को ?’ भन्ने प्रश्न आउँदा सधैँभरि उनीमाथि एउटै प्रश्न सोझिन्थ्यो – मेस्सीले अर्जेन्टिनालाई विश्व फुटबलको सर्वोच्च उपाधि दिलाएको खै ? आज मेस्सीले सो प्रश्नको उत्तर पनि दिएका छन् ।
 
यसअघि सन् २०१४ मा ब्राजिलमा आयोजना भएको विश्वकपमा पनि मेस्सीले अर्जेन्टिनालाई विश्वकपको उपाधि नजिकसम्म पुर्‍याएका थिए । तर, फाइनल खेलमा अर्जेन्टिना जर्मनीसँग स्तब्ध हुन पुग्यो । मारियो गोट्जेले अतिरिक्त समयमा गोल गरेपछि मेस्सीको सपना अधुरै रहेको थियो ।
 
फ्रान्समाथिको जीतसँगै अर्जेन्टिनाले तेस्रो पटक उपाधि जित्न सफल भएको छ । सन् १९८६ पछि अर्जेन्टिनाको यो पहिलो विश्वकपको उपाधि हो ।