मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

विश्वकप फुटबल फाइनल : अर्जेन्टिनाका पक्षमा पल्लाभारी

विश्वकप फुटबल फाइनल : अर्जेन्टिनाका पक्षमा पल्लाभारी

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । यस पटक विश्वकप फुटबल (सकर) च्यापियनको उपाधि फ्रान्स र अर्जेन्टिनामध्ये कसले जित्ला ? पैसाको बाजी थाप्नेहरुको आधारमा भन्दा अर्जेन्टिना प्रमुख दावेदार मानिएको छ । 
 
अजेन्टिनाले जित्छ भन्ने पक्षमा धेरै ढल्किएका छन् । ९० मिनेटको खेल बराबर हुन्छ भन्नेमा बाजी थाप्दा १ को दुई भाउ तोकिएको छ । यसको मतलव अर्जेन्टिनाकै पक्षमा पल्लाभारी छ । 
 
जसले अर्जेन्टिना जित्छ भनेर बाजी थाप्छ उसले पाउने भाउ कम छ । यसको तुलनामा फ्रान्सले जित्छ भन्नेले बढी पैसा पाउँछन् । 
 
अर्जेन्टिनाका मुख्य खेलाडी लियोनल मेस्सीको खेलले धेरैलाई लोभ्याएको छ । उनी आफ्नो टिमका क्याप्टेन पनि हुन् । र उनले यो आफ्नो अन्तिम विश्वकप खेल हुने सार्वजनिक गरिसकेका छन् । उनको खेल सुन्दर पनि छ । जब मेसीको खुट्टामा बल पर्छ त्यसपछि आँखा झिम्क्याउन मन लाल्दैन । बल घुमाउने कला उनमा छ । 
 
फ्रान्स पनि कमजोर टिम होइन । हालको विश्व विजेताले फ्रान्सका खेलाडीले कुनै पनि बेला बल प्रतिपक्षीको नेटमा पुर्‍याउने क्षमता राख्छन् । बललाई विपक्षीको पोष्टमा लगेर गोल हान्न एकसे एक खेलाडी निपूर्ण छन् । त्यसैले त फ्रान्स फेरि पनि उपाधिका लागि प्रतिस्पर्धामा छ ।     
 
फुटबल सुन्दर खेल हो । यो अब खेलमात्र होइन ठूलो विजनेस पनि हो । विश्वकपसँगै अरबौँ डलरको कारोबार जोडिएको छ । यहाँ बाजी थाप्नेहरु त हुने भइहाले । अनलाइनमा बाजी खेलाउनेहरु कयौँ आइसकेका छन् । बैंकबाट पैसा तान्यो । बाजी राख्यो जिते पनि तत्कालै नै पाइने हुँदा भने बाजी थाप्नेहरु बढेका छन् । धनीदेखि गरिब देशसम्म अनलाइनमा करोडौँको बाजी राखिन्छ । 
 
बाजी राख्नु एउटा रमाइलो हो तर, यो जुवा भने हुनुहुँदैन । खेल हो जसले पनि जित्न सक्छ । कुनै पनि टिमको सानो गल्तीले खेलको जितहारसम्म हुन्छ । 
फाइनलमा पुगेका दुवै बलिया टिम हुन् । कला त छँदै छ समय र भाग्यलाई जसलाई साथ दिन्छ त्यही टिमले जित्छ ।