मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

मालीमा दुई जना शान्ति सैनिक मारिए, महासचिव एन्टोनियो गुटरेसद्वारा निन्दा

मालीमा दुई जना शान्ति सैनिक मारिए, महासचिव एन्टोनियो गुटरेसद्वारा निन्दा


बामाको । संयुक्त राष्ट्रसङ्घले शुक्रबार उत्तरी मालीमा भएको बन्दुक आक्रमणमा एक महिलासहित दुई राष्ट्रसङ्घीय शान्ति सैनिकको मृत्यु भएको र चार जना घाइते भएको जनाएको छ ।

“अज्ञात बन्दुकधारीले टिम्बक्टु शहरमा संयुक्त राष्ट्रसङ्घको प्रहरी गस्तीमा गोली चलाएको छ“, मालीमा संयुक्त राष्ट्रसङ्घ बहुआयामिक एकीकृत स्थिरता मिसनले विज्ञप्ति जारी गर्दै उल्लैक गरेको छ । प्रहरीले आक्रमणकारीबाट केही सामग्री बरामद गरिएको पनि बताएको छ । 
मिसनका प्रमुख एल–घासिम वानेले घटनाको निन्दा गर्दै यस जघन्य कार्यबाट राष्ट्रसङ्घ स्तब्ध भएको टिप्पणी गरेका छन् ।

उनले प्रतिकूल वातावरणको बाबजुद पनि संयुक्त राष्ट्रसङ्घको शान्ति मिशनले आफ्नो जनादेश पूरा गर्न कुनै कसर बाँकी नराख्ने बताएका हुन् । 

सन् २०१२ देखि, माली सुरक्षा, राजनीतिक र आर्थिकस्तरमा गहिरो बहुपक्षीय सङ्कटमा फसेको छ । स्वतन्त्रता विद्रोह, जिहादी आक्रमण र अन्तरसाम्प्रदायिक हिंसाले पश्चिम अफ्रिकी राष्ट्रमा हजारौँको ज्यान लिएको छ भने सयौँ हजारौं विस्थापित भएका छन् ।

महासचिव 
गुटरेसद्वारा निन्दा

संयुक्त राष्ट्रसङ्घका महाचिव एन्टोनियो गुटरेसले मालीमा राष्ट्रसङ्घीय शान्ति सैनिकमाथि भएको आक्रमणको कडा शव्दमा निन्दा गरेका छन् । महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार मालीमा गस्ती गरिहेको राष्ट्रसङ्घीय शान्ति सैन्यमाथि भएको आक्रमाण्को निन्दा गरेका हुन् । 

अज्ञात बन्दुकधारीले शान्ति सैनिकको टोलीमाथि भएको आक्रमण गर्दा एक जना महिलासहित दुई जना नाइजेरियाली शान्ति सैनिक मारिएका छन् भने चार जना घाइते भएका छन् । तिम्बक्टु शहर नजिकै गस्तीमा रहेका बेला उनीहरूमाथि आक्रमण भएको थियो । 

महासचिव गुटरेसले एक विज्ञप्ति निकालेर मृतकका शोक सन्तप्त परिवारका साथै नाइजेरियाको सरकार र जनताप्रति समवेदना व्यक्त गरेका छन् । उनले राष्ट्रसङ्घीय सैनिकलाई निशाना बनाएर आक्रमण गर्दा अन्तर्राष्ट्रिय कानुनअन्तर्गत युद्ध अपराध हुने स्मरण गराउँदै माली सरकारलाई जघन्य आक्रमणका दोषीलाई पहिचान गरी तत्काल न्यायको दायरामा ल्याउन आग्रह गरेका छन् । 

सन् २०१२ देखि मालीमा सशस्त्र विद्रोह भइरहेको छ । जारी हिंसात्मक विद्रोहमा हजारौँ मारिएका छन् भने लाखौँ घर छोडेर भागेका छन् । 

मालीमा शान्ति कायम गर्न सन् २०१३ देखि शान्ति सेना तैनाथ गरिएको छ । द्वन्द्वग्रस्त देशमध्ये विश्वको सबैभन्दा जोखिमपूर्ण स्थान मालीमा १५ हजार दुई सय शान्ति सेनाका जवान क्रियाशील छन् । हालसम्म त्यहाँ दुई शान्ति सेनाको मृत्यु भएको छ । सिन्ह्वा