मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

फ्रान्सले इङ्ग्ल्यान्डलाई हराउँदै विश्वकपको सेमिफाइनलमा

फ्रान्सले इङ्ग्ल्यान्डलाई हराउँदै विश्वकपको सेमिफाइनलमा

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

साविक विजेता फ्रान्स फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार अल बेयत रंगशालामा भएको अन्तिम क्वाटरफाइनलमा इंग्ल्यान्डलाई २-१ ले हराउँदै फ्रान्सले अन्तिम चारमा स्थान पक्का गर्यो ।
 
खेलको १७ औं मिनेटमा फ्रान्सका लागि औरिलियनले अग्रता लिएका थिए । यस्तै खेलको ५४ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै इङ्ल्याण्डलाई बराबरीमा फर्काए । तर, ७८ औं मिनेटमा फ्रान्सका ओलीभरले गोल गरेर टीमलाई २–१ को अवस्थामा पुर्याए । त्यसपछि इङ्ग्याल्यान्डले पेनाल्टीको अवसर पाएपनि ह्यारी केनले मिस गर्न पुगे । 
 
फ्रान्सले अग्रता लिएको ५ मिनेटपछि इंग्ल्यान्डले बराबर गर्ने अवसर पायो । तर इंग्लिस कप्तान ह्यारी केनको प्रहारलाई विपक्षी कप्तान ह्युगो लोरिसले विफल पारे । केनले पेनाल्टी क्षेत्रभित्र डिफेन्डर डायोट उपामेकानो बिट गरेपछि वन भर्सेस वनको स्थितिमा लोरिसले अघि बढ्दै बचाउ गरे ।
 
२९ औं मिनेटमा लोरिस पुन: बाधक बने । केनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहारलाई लोरिसले डाइभ दिँदै बाहिर पठाए । केनविरुद्ध पेनाल्टी क्षेत्रको ठिक बाहिर उपामेकानोले फल गर्दा भिडियो असिस्टेन्ट रेफ्रीले पेनाल्टी दिएन ।
 
दोस्रो हाफको सुरुवातदेखि नै इंग्ल्यान्डले खेलमा पकड जमायो । ५४ औं मिनेटमा इंग्ल्यान्ड पेनाल्टीमार्फत खेलमा फर्कियो पनि । ह्यारी केनले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए । पेनाल्टी क्षेत्रभित्र चुआमेनीले बुकायो साकालाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।
 
७८ औं मिनेटमा फ्रान्सले पुन: अग्रता लियो । ओलिभिएर जिरुडले हेडरमार्फत गोल गर्दै साविक विजेतालाई अघि बढाए ।