मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

पोर्चुगललाई हराउँदै मोरोक्को विश्वकपको सेमिफाइनलमा

पोर्चुगललाई हराउँदै मोरोक्को विश्वकपको सेमिफाइनलमा

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा मोरक्कोले पोर्चुगललाई हराएसँगै स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको विश्वकप जित्ने अन्तिम सम्भावना समाप्त भएको छ ।
 
विश्व फुटबलमा जित्न बाँकी एकमात्र उपाधिको रुपमा रहेको विश्वकप जित्ने लक्ष्य राखेका रोनाल्डो त्यसमा सफल हुन सकेनन् । शनिबार सम्पन्न प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा रोनाल्डो बेन्चमा रहेर खेलको सुरुवात गरेका थिए ।
 
पहिलो हाफमै पोर्चुगल १-० ले पछि परेसँगै प्रशिक्षक फर्नान्डो सान्तोसले दोस्रो हाफ सुरु भएको केहीबेरमा रोनाल्डोलाई मैदान छिराएका थिए । तर रोनाल्डो र पोर्चुगलले गोल फर्काउन नसक्दा टोली हार बेहोर्न पुग्यो । 
 
रोनाल्डो खेल सकिएलगत्तै गहभरी आँशु लिएर ड्रेसिङ रुमतर्फ लागेका थिए ।

कतारको अल थुमामा रंगशालामा मोरोक्कोले पोर्चुगललाई १–० गोलले हराएको हो । पहिलो हाफमा बनाएको अग्रता कायमै राख्दै बलियो टिम पोर्चुगललाई हराएको हो । मोरोक्कोको जितमा युसुफ इन नेसिरीले गोल गरे ।

मोरोक्कोका लागि खेलको ४२औँ मिनेटमा युसुफ इन नेसिरीले गोल गर्दै १–० को अग्रता दिलाए । पहिलो हाफमा नै एक गोलले पछि परेको पोर्चुगलले गोल गर्ने अवसर राम्रो पाएपनि सदुपयोग गर्न नसक्दा हार ब्यहोरेको हो ।

यसअघि प्रिक्वार्टरफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ३–० ले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको थियो ।