मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विदेशमा रोजगारी गर्ने नेपालीलाई प्रथामिक शेयर निष्काशनमा १० प्रतिशत आरक्षण

विदेशमा रोजगारी गर्ने नेपालीलाई प्रथामिक शेयर निष्काशनमा १० प्रतिशत आरक्षण

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- विदेशमा रोजगारी गर्दै आएका नेपालीका लागि प्राथमिक शेयर निष्काशन (आईपीओ)मा १० प्रतिशत आरक्षण व्यवस्था विहिवार देखि कार्यान्वयनमा आएको छ ।
 
नेपालमा संगठित संस्थाको शेयर निष्काशन नियमनसंग सम्वन्धित मुख्य निकाय नेपाल धितोपत्र बोर्डले बिहिवार धितोपत्र निष्काशन तथा बांडफांड निर्देशिका (छैठौ संशोधन) २०७९ लागु गरी उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।
 
यो व्यवस्था अनुसार विदेशमा वस्ने नेपालीले नेपालका बािणज्य बैंकमा रेमिट्यान्स खाता खोलेर त्यस मार्फत नेपाली कम्पनीले निष्काशन गर्ने आईपीओमा लगानी गर्न पाउने छन् ।
 
अमेरिका, अष्ट्रेलिया जस्ता विकसित देशमा वस्ने सयौं नेपालीले अहिले त्यहांको शेयर बजारमा कारोवार गर्दै आएका छन् । यसवाहेक विदेशमा वस्ने नेपालीले बचतवाट फाइदा उठाउन क्रिप्टोकरेन्सीमा समेत पैसा हालेका छन् ।
 
विदेशमा वस्ने नेपालीका लागि गरिएको यो आरक्षणले विदेशमा वसेर आर्जन गर्ने नेपालीलाई शेयर बजारमा प्रवेश गर्न सजिलो वनाउंछ । विदेशी मुद्रामा गरेको आर्जन भएको पैसा शेयर बजारमा आउंदा नेपालको अर्थतन्त्रलाई पनि फाइदा पुग्ने छ । विदेशी मुद्राको संकटलाई टार्न पनि नेपालले यो व्यवस्था लागु गरेको हो ।
 
तर, यसका केही झन्झटहरु भने छन् । शेयर किनवेचका लागि चाहिने डिम्याट खाता लगायत आईपीओ भर्दा आवश्यक पर्ने प्रकृयालाई सरल वनाउनु पर्ने हुन्छ ।
 
विदेशमा शेयर बजारमा कारोवार गर्दै आएका कयौं नेपालीलाई नेपालको शेयर बजारमा कसरी प्रवेश गर्ने भन्ने कमै जानकारी छ । यसका लागि प्रचार प्रसार लगायत विभिन्न पहल आवश्यक पर्छ ।
 
नेपालमा निष्काशन भएका कयौं कम्पनीका आईपीओमा माग भन्दा धेरै गुना आवेदन पर्ने गरेको छ । यो अवस्थामा विदेशमा वस्ने नेपालीलाई १० प्रतिशत आरक्षण गर्दा आईपीओ मार्फत शेयर पाउन सजिलो पर्ने छ ।
 
धितोपत्र बोर्डका अधिकारीहरुका अनुसार अहिलेपनि दैनिक शेयर किनवेचमा विदेशमा बस्ने केही नेपालीहरु पनि सकृय छन् । खाडी मुलुकमा बसेर नेपालको शेयर कारोवार  गर्ने व्यक्ति र रकम पनि उल्लेख्य भएको वताईएको छ ।