मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकाको हाउजिङ (घर किनबेच) बजार अब कस्तो होला ?

अमेरिकाको हाउजिङ (घर किनबेच) बजार अब कस्तो होला ?

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सीएनएन, अमेरिका – अमेरिकामा यो वर्ष घर किन्न खोज्नेहरुका लागि सोचे जस्तो रहेन । घरको मूल्य आकाशमा पुग्यो । त्यसमा पनि ऋणमा घर किन्दा तिर्नु पर्ने व्याजदर पनि तीव्र गतिले माथि भयो ।
 
यो अवस्थामा कतिले घर किन्ने प्रयासनै छाडे भने कतिले अहिलेलाई पर्खिने सोच वनाए । उच्च मूल्यले गर्दा किन्नै नसक्ने भएपछि यस्तो अवस्था आएको हो । 
 
तर, अहिले अमेरिकाको अर्थतन्त्रमा आर्थिक मन्दीको जोखिम वढेको छ । जसले गर्दा हाउजिगं मार्केट केही सुस्त हुन थालेको संकेतहरु देखिएका छन्  । उच्च मूल्यकै कारण नयां घरको विक्रीमा सुस्ती आएको छ । भईरहेका घरको विक्री पनि घटेर सन् २०१९ कै तहमा आईपुगेको छ । 
 
 बैंकवाट पैसा लिएर घर किन्दा तिर्नु पर्ने रकमको व्याजदर ५ प्रतिशत भन्दा माथि चढेको छ । घर किन्नका लागि बैंक जाने ग्राहकको संख्या पनि घटेर  २२ बर्ष यताकै तहमा पुगेको छ । 
 
तर, घरको मूल्य र व्याजदर दुवै यस बर्ष उल्लेखनिय रुपमा घट्ने अवस्था भने नभएको अर्थशास्त्रीहरुले वताएका छन् । घरको मूल्य बृद्धिमा सुस्तता त आएको छ तर, अझै गत बर्षको तुलनामा बृद्धिदर दुई अंकमै छ । गत साता अमेरिकाको केन्द्रिय बैंक फेडरल रिजर्भले फेरी व्याजदर बृद्धि गरेको छ । यसले गर्दा व्याजदर अव के हुन्छ भन्नेमा अन्यौलता छ । ब्याजदरमा स्थिरता नआउंदा सम्म घर किन्नेहरु अन्यौलमै हुने छन् । 
 
उच्च मूल्यका कारण घर किन्न सक्ने वित्तीय क्षमता अहिले मुख्य मुद्दाका रुपमा उठेको छ । यस माथि पनि महंगो व्याजले घर किन्न खोज्नेहरुलाई अप्ठ्यारोमा पारेको जिलोको प्रमुख अर्थशास्त्रीवताएका छन् । जिलो हाउजिगं मार्केटमा चर्चित अनलाइन हो । 
 
यो बर्षको शुरुआतमा घर किन्दा लिएको रकमको व्याजदर जम्मा ३ दशमलव २२ प्रतिशत थियो । तर, अहिले यो साढे ५ प्रतिशतको हाराहारीमा पुगेको छ । नेशनल एशोसियन अफ रियाल्टर्सका प्रमुख अर्थशास्त्री लोरेन्स यान भन्छन् कसैले आज घर किन्छ भने उसको मासिक किस्ता गत बर्षको तुलनामा ५० प्रतिशत वढेको छ । तर, व्यक्तिको आम्दानी पनि यस अनुसार ५० प्रतिशतले वढेको भने छैन । 
 
वढ्दो खर्चका कारण जुन महिनामा मात्र करिव १५ प्रतिशतले किन्ने सम्झौता गरिसके पनि  घर नसक्ने भन्दै छाडेको  हाउजिगं बजारसंग सम्वन्धित अनलाइन रेडफिनले जनाएको छ । गत अप्रिल २०२० मा कोभिड १९ संक्रमण वढ्दा पनि यस्तै भएको थियो । 

बजारमा सुस्तता आउंदा किन्नेहरु कम भएका छन् । यसले निरन्तर घर किन्न खोज्नेहरुलाई भने सजिलो भएको छ । छान्न पाएका छन् । घर किन्न खोज्नेहरुले केही राहतको सास फेर्न पाएका छन् । जिलोका अर्का अर्थशास्त्रीका अनुसार जुन अनुपातमा कर बिक्री हुनुपर्ने हो त्यो भएको छैन ।  यानका अनुसार २०२२ मा घरको बिक्री गत बर्षका तुलनामा १३ प्रतिशतले कमी आउने देखिएन्छ । 
 
विगत दुई बर्ष यता घर को माग उच्च दरले वढेको थियो । तर, त्यस संख्या अनुसार घर उपलव्ध नहुदां मूल्य अकासिएको थियो  । 
तर, अहिले घरको मूल्य बृद्धिदर भने सुस्त भएको छ । अमेरिकामा जुनमा घरको औषत मूल्य ४ लाख १६ हजार रहेको छ । तर, नयां घरको मूल्य भने ४ लाख ४४ हजार ५०० वाट चार लाख २ हजार ४ सयमा झरेको छ । 
 
कुल विक्री हुनेमा नयां घरको अंश भने जम्मा १० प्रतिशत मात्र छ । 
 
(सीएनएनवाट भानुवाद)