मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

गुल्मी समाज ह्युस्टनमा नयाँ नेतृत्व

गुल्मी समाज ह्युस्टनमा नयाँ नेतृत्व


शेयर गर्नुहोस:

378
Shares

  • change font
  • change font
  • change font

टेक्ससको ह्युस्टनस्थित नेपालीहरुको संस्था गुल्मी समाज, ह्युस्टनले नयाँ नेतृत्व पाएको छ। नेपालमा गुल्मी जिल्ला़ घर भएका र हाल ह्युस्टनमा बसोबास गरिरहेका नेपालीहरुको संस्थाले स्थानीय पशुपति मन्दिरमा हिजो आइतवार आयोजना गरेको पाँचौं साधारण सभाबाट लक्ष्मण भण्डारीको नेतृत्वमा १५ सदस्यीय कार्समिति चुनेको हो।
 
सर्वसम्मतिमा चुनिएको नयाँ कार्यसमितिमा रामकृष्ण सापकोटा उपाध्यक्ष र हरि न्यौपाने सचिव चयन भएकाछन्। यसैगरी कोषाध्यक्षमा शंकर भट्टराई, सहसचिवमा दीपक खरेल छानिएका छन् भने १० जना सदस्यहरुमा क्रमशः चिन्तामणी खरेल, दिपक अर्याल, सीता खरेल, सुष्मा भट्टराई, मुकुन्द पौडेल, किरण न्यौपाने, विराज घर्ति मगर, पारस खरेल, अमृत भट्टराई र नवराज पन्थी चयन भएका छन्।
 
ज्ञानेश्वर श्रेष्ठ, द्रोण गौतम, बाबुराम ज्ञवाली र नारायण अर्यालको चार सदस्यीय निर्वाचन समितिले साधारण सभामा उपस्थित सदस्यहरु मध्येबाट पधाधिकारी र सदस्यहरु सर्वसम्मत चयन भएको घोषणा गरेको थियो।

साधारण सभामा कार्यवाहक अध्यक्ष लक्ष्मण भण्डारीले संस्थाको कार्य प्रगतिका साथै आर्थिक विवरण समेत प्रस्तुत गरेका थिए। निवर्तमान कार्ससमितिको कोषाध्यक्ष विश्व श्रेष्ठको गत वर्ष निधन भएकोमा सभाले उनको आत्माको शान्तिका लागि एक मिनेट मौन धारण गरेको थियो।
 
समाजका सदस्य हरि न्यौपानेद्वारा संचालित निकै संक्षिप्त साधारण सभाको औपचारिक कार्यक्रममा नेप्लिज एसोसिएशन अफ ह्युस्टनका अध्यक्ष डा. विष्णु नेपाल, नेप्लिज हेरिटेज युनियनका अध्यक्ष कर्ण बोगटी र संस्थापक अध्यक्ष मुकुन्दहरी ज्ञवालीले गुल्मी समाज र नयाँ कार्यसमितिलाई शुभकामना दिएका थिए।


 
स्वयंसेवी प्रकृतिका र प्रवासको नेपाली समुदायलाई सेवा दिन भनेर स्थापना भएका कैयन सामाजिक संस्थाहरुमा देखिने गरेको विवाद, आपसी मनमुटाव र नेतृत्वमा जान हुने हानाथाप केही नदेखिएको गुल्मी समाजको साधारण सभाले चुनेको नयाँ नेतृत्वले ह्युस्टनको नेपाली समुदायका लागि अन्य संघसंस्थाहरुसंग मिलेर काम गर्ने अपेक्षा गरिएको छ। गुल्मी समाजले हिजो नै पशुपति मन्दिरमा शिव अभिषेक पूजा पनि सम्पन्न गरेको थियो।
 

शेयर गर्नुहोस:

378
Shares