मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ह्युस्टनमा भानु जयन्ती र साहित्यिक भेटघाट

ह्युस्टनमा भानु जयन्ती र साहित्यिक भेटघाट

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ह्युस्टन , टेक्सास । गत साता जुलाई १७ , यहाँ स्थित पशुपति मन्दिरमा  बालबालिकाहरुबाट रोचक नाटक र नृत्यहरु प्रस्तुत गरियो  ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) ह्युस्टन च्याप्टरले २०९ औ भानु जयन्तिको सुअवसर पारेर साहित्यिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो । 
 
सो कार्यक्रममा साहित्यकार मोदनाथ सदाको कृति ” जागिर एक अनुभूति ”  विमोचन गरिएको थियो । अनेसास ह्युस्टनका उपाध्यक्ष सतिश त्रिपाठीले उक्त पुस्तकमाथि प्रकाश पारेका थिए । 
 
कार्यक्रमका प्रमुख अतिथि ,  उज्यालो रेडियोको लोकप्रिय कार्यक्रम ” बुलबुल ” का  प्रस्तोता , रेडियो पत्रकार अच्युत घिमिरेसंग नेपाली गजल र आख्यान सम्वन्धी अन्तरक्रिया पनि गरिएको थियो । 

अनेसास ह्युस्टनका सदस्य राजिव घिमिरेले अन्तरक्रिया  कार्यक्रम संचालन गरेका थिए । 
 
सोही अवसरमा बालबालिकाहरुको लागि चित्रकला प्रतियोगिताको आयोजना गरिएको थियो । 

२३ प्रतियोगीहरुले नेपालको नक्सा , झण्डा , लुंग्टा , लालीगुँरास , परम्परागत शैलीका नेपाली घर , मन्दिर ,हिमाल र हरियालीका चित्र बनाएका थिए । प्रतियोगितामा हिमाल देवकोटा प्रथम , निभा पौडेल द्दितिय र इसानी कँडेल तृतीय भएका थिए । अरु सबै प्रतियोगी बालबालिकालाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो। 

यसैबीच अनेसास ह्युस्टनले गत जुलाई २३ आसियाना रेष्टुरेन्टमा एउटा साहित्यिक  भेटघाट कार्यक्रम आयोजना गरेको थियो । 

ह्युस्टनमा पारिवारिक भेटघाटका लागि आउनु भएका साहित्यकार एवं प्राध्यापक डा गोविन्द भट्टराई र उहाँकी धर्मपत्नी डा अन्जना भट्टराईलालाई अनेसास ह्युस्टनका अध्यक्ष वासु पौडेलले खादा ओढाइ स्वागत एवम् सम्मान गरेका  थिए।

कार्यक्रममा नेपाली भाषा , साहित्यका विविध पक्षमा डा भट्टराईसंग कुराकानी भएको थियो । अनेसास ह्युस्टनका पदाधिकारी सदस्यहरु लगायत अन्य सहभागीहरुको कार्यक्रममा उपस्थिति थियो ।