मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

ह्युस्टनमा नेपाली राष्ट्रिय टोलीका खेलाडीहरुको स्वागत तथा अभिनन्दन हुँदै

ह्युस्टनमा नेपाली राष्ट्रिय टोलीका खेलाडीहरुको स्वागत तथा अभिनन्दन हुँदै

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विश्व कप क्रिकेट लिग २ अन्तर्गत अमेरिका र ओमनसंग चार एक दिवसीय खेल खेल्न हाल अमेरिकाको ह्युस्टन सहरमा रहेको नेपाली राष्ट्रिय टोलीका खेलाडीहरुको स्वागत तथा अभिनन्दन हुने भएको छ। ह्युस्टनका सबै नेपाली संस्थाहरुको तर्फबाट आगामी शनिवार, जुन ११ को साँझ आशियाना रेष्टुँरामा एक स्वागत समारोहको आयोजना गरिएको छ।
 
स्वागत कार्यक्रम ह्युस्टनका नेपाली संस्थाहरु नेप्लिज एसोसियशन अफ ह्युस्टन ( एनएएच) क्रियटिभ नेप्लिज सोसाइटी (सीएनएस), नेप्लिज हेरिटेज युनियन (एमएचयु), गुल्मी समाज, अन्तराष्ट्रिय साहित्य समाज, ह्युस्टन च्याप्टर सहित गैर आवासीय नेपाली संघ, अमेरिकाको टेक्सस च्याप्टर समेतको संयुक्त आयोजनामा हुन लागेको हो।
 
नेपालको टोलीमा सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशान भारी, किशोर महतो, सागर ढकाल र सुवास खकुरेल रहेका छन्। साथै प्रशिक्षकका रुपमा पुवुदु देशानायके रहेका छन्।
 
आफू बसेको सहरमै नेपाली राष्ट्रिय टोलीले विश्वकप क्रिकेट लिग २ अन्तर्गतका खेल खेल्ने भएकाले टिम नेपालको सबै खेलमा सहभागी भएर खेलाडीहरुको हैसला बढाउन पनि आयोजकहरुले ह्युस्टन लगायतका नेपाली समुदायलाई विशेष अनुरोध गरेको छ। साथै खेलाडीहरुको स्वागत समारोहमा सहभागी भएर नेपाली खेलाडी र प्रशिक्षकको स्वागत एवं अभिनन्दन गर्न पनि ह्युस्टनका नेपाली समुदायमा आयोजकहरुले अपील गरेका छन्।
 
बृहत्तर ह्युस्टनको पियरल्याण्डस्थित Moosa Cricket Stadium मा नेपालले खेल्ने तालिका निम्नानुसार रहेको जानकारी प्राप्त भएको छ। एउटा खेल हेर्न १० डलरको प्रवेश शुल्क रहेको छ भने एकसाथ टिकट लिंदा १६ वर्ष मुनिका बालबालिकाहरुको प्रवेश शुल्क नलाग्ने व्यवस्था रहेको जानकारी गराइएको छ।
 
खेल तालिका
 
जुन ९, विहीवारः नेपाल र ओमान
जुन ११, शनिवार: नेपाल र अमेरिका
जुन १४, बुधवारः नेपाल र ओमान
जुन १५, विहीवार: नेपाल र अमेरिका