मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोली पहिलो अभ्यास खेलमा पराजित

अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोली पहिलो अभ्यास खेलमा पराजित

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टेक्सस, अमेरिका – विश्व कप क्रिकेट लिग २ अन्तर्गत अमेरिका र ओमनसंग चार एक दिवसीय खेल खेल्न हाल अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले अमेरिका र ओमानसंग खेल्नु अघि तयारीका लागि आयोजना गरिएको दुई अभ्यास खेल मध्ये विहिवार एउटा खेल सम्पन्न भइसकेको छ। आयोजक नेपाली अल स्टार्ससंग पहिलो खेल खेलेको नेपालले दोश्रो अभ्यास खेल ह्यस्टन हरिकेनसंग आज शनिवार टेक्ससको प्रेरी भ्यूस्थित क्रिकेट कम्पेक्समा खेल्दै छ। दुबै अभ्यास म्याचलाई गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए/एनसीसी) अमेरिकाले एनआरएनए- एनसीसी- युएसए कपको रुपमा आयोजना गर्न आर्थिक सहयोग जुटाइदिएको छ।
 
क्रिकेटमा उत्कृष्ट देशहरुको सूचीमा पर्ने विभिन्न देशहरुवाट अन्तराष्ट्रिय खेलमा सहभागिता जनाईसकेका खेलाडीहरु सम्मिलित नेपाली अल स्टारसँग नेपाली राष्ट्रिय टोलीले खेलेको विहिवारको खेलमा भने जित निकाल्न सकेन । कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिएपनि नेपाली राष्ट्रिय टोली नेपाली अल स्टार्ससाग ४ विकेटले पराजित भएको थियो । टस हारेर ब्पहिले याटिङ गर्दै नेपाली राष्ट्रिय टोलीले १९१ रन मात्र जोड्न सकेको थियो । १९२ रनको लक्ष्य पछ्याएको नेपाली अल स्टार्सले ३३ दशमलव ५ ओभरमा ६ विकेट गुमाएर सहज जीत निकालेको थियो। अल स्टार्सको जीतमा आइपिएलमा किंग्स इलिवेन पंजावबाट समेत सहभागिता जनाईसकेका विपुल शर्माको ५० रनको मुख्य योगदान रहेको थियो।
प्रेरी भ्यू क्रिकेट कम्लेक्समा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४५ दशमलव ५ ओभरमा १९० रनमा अल आउट भएको थियो । नेपालका लागि आरिफ शेखले ६० रनको अविजित पारी खेलेका थिए ।
 
पहिलो अभ्यास खेलका विजयी तथा उपविजयी टोलीलाई एक कार्यक्रमका बिच एनआरएनए अमेरिकाका अध्यक्ष बुद्दिसागर सुबेदी, उपाध्यक्ष तथा एनआरएनए अमेरिकाका युवा तथा खेलकुद विभाग प्रमुख सुमन थापा, नेप्लिज एशोसिएशन अफ ह्युष्टनका अध्यक्ष बिष्णु नेपाल, नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक पृवुदु दासानायके लगायतले ट्रफी एवं प्रमाणपत्र प्रदान गरेका थिए । सो अवसरमा हाल नेपाली अल स्टार्समा संलग्न र नेपालको तर्फवाट अन्तराष्ट्रिय खेलहरुमा समेत सहभागिता जनाईसकेका अन्तराष्ट्रिय खेलाडी कनिष्क चौगाई, बरदान चालिसे, र बसन्त रेग्मीलाई सम्मान गरिएको थियो । यसैगरी पूर्व राष्ट्रिय खेलाडी एवं नेपाली टोलीका टिम मेनेजर विनोद दासलाई पनि सम्मान गरिएको थियो।
 
नेपाली टोलीलाई ह्युस्टनको फरक तापक्रम र आद्रतामा खेल्न सहज बनाउने उद्देश्यले नेपाली अल स्टार्सले आयोजना गरेको अभ्यास खेलले नेपाली टोलीलाई सघाउ पुऱ्याएको खेल व्यवस्थापनमा रहेका पदाधिकारी एवं नेपालबाट आएका खेल पत्रकारहरुले हिमालय खबरलाई जानकारी गराएका छन्।

 
आईसिसी क्रिकेट वर्ल्ड कप लिग २ मा रहेका नेपाल सहित ७ देशहरु विश्व कपका लागि छनौट हुन प्रतिष्पर्धामा छन् । सोही खेलमा सहभागी हुन नेपाली टोली गत आईतबार टेक्ससको ह्युष्टन सहर आईपुगेको हो।
 
ओमान विरुद्व खेल हुनु भन्दा दश दिन अघि नेपाली राष्ट्रिय टोली अमेरिका आई प्रशिक्षणमा रहेको छ । पहिलो पटक अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीलाई आईसिसीले तोकेको समय भन्दा पहिला नै यहाँ ल्याई प्रशिक्षणको प्रबन्धका लागि अमेरिकामा रहेको नेपाली क्रिकेट क्लब नेपाली अल स्टार्सले पहलकदमी लिएको हो । यस कार्यमा एनआरएनए अमेरिकाले महत्वपूर्ण भूमिका रहेको क्लबका संस्थापक मध्येका एक सदस्य संजय शर्माले जानकारी गराएका छन्।
 
नेपाली राष्ट्रिय टोलीको ह्युस्टन यात्राले एनआरएनए अमेरिकाको नेतृत्वलाई पनि तीन दिनदेखि ह्युस्टनमा नै केन्द्रित गरिदिएको छ। अध्यक्ष बुद्दिसागर सुबेदी, उपाध्यक्ष सुमन थापा र सचिव अनुप खनाल जुन २ को अभ्यास म्याच अघि नै ह्युस्टनमा छन् भने आज शनिवार हुने म्याच अघि बरिष्ठ उपाध्यक्ष कृष्णजीवि पन्त पनि ह्युस्टन आइपुगेका छन्।
 
नेपालको राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुको दुईवटा अभ्यास म्याचलाई एनआरएन एनसिसी- यूएसए कप २०२२ को रुपमा आयोजना गर्न नेपाली अल स्टार्ससंग सहकार्य गर्न पाउनु एनआरएनए अमेरिकाको लागि गौरवको विषय भएको अध्यक्ष सुबेदीले हिमालय खबरसंग बताए। नेपाललाई अन्तराष्ट्रिय जगतमा चिनाउने क्रिकेट खेलाडीहरुलाई अमेरिकामा स्वागत गर्न पाउनु अमेरिकावासी सबै नेपालीको लागि समेत खुसीको कुरा हो, अध्यक्ष सुवेदीले बताए।

 
यसैगरी प्रतियोगिता आयोजनाका लागि एनआरएनए अमेरिकाको तर्फबाट संयोजन गरिरहेका उपाध्यक्ष सुमन थापा आगामी दिनमा समेत राष्ट्रिय टोलीलाई सघाउ पुऱ्याउन एनआरएनए अमेरिका सदैव तत्पर रहेको बताउँछन्। अध्यक्ष सुवेदी, उपाध्यक्ष थापा, टेक्सस च्याप्टरका उपाध्यक्ष गंगा शर्मा सहित दर्जनौं क्रिकेटप्रेमी नेपालीहरु प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा नेपाली खेलाडीहरुको पक्षमा हुटिङ गरिरहेका देखिन्थे। क्रिकेट खेलको मज्जा लिन र नेपाली राष्ट्रिय टोलीसंग साक्षात्कार गर्न नेपाल अमेरिका पत्रकार संघ (नेजा) का महासचिव सुरज भण्डारी पनि खेलस्थलमा नै पुगेका थिए।
 
आईसिसी क्रिकेट वर्ल्ड कप लिग २ मा रहेका नेपाल सहित ७ देशहरु विश्व कपका लागि छनौट हुन प्रतिष्पर्धामा छन् । सोही खेलमा सहभागी हुन नेपाली टोली गत आईतबार टेक्ससको ह्युष्टन सहर आईपुगेको हो। विश्व कप क्रिकेट लिग अन्तर्गतका खेलहरु भने मे २८ बाट नै सुरु भइसकेको छ।
तस्विर:क्यान