मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा घर किन्न खोज्ने घटे, अव मूल्य घट्ने संभावना

अमेरिकामा घर किन्न खोज्ने घटे, अव मूल्य घट्ने संभावना

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका – यदी अमेरिकामा घर किन्न खोज्दै हुनुहुन्छ भने आर्थिक तथ्यांकले भन्छन् हतार नगर्दा राम्रो । अमेरिकाको अर्थतन्त्रलाई नजिकवाट हेर्दै आएका ओजेस उप्रेतीको सुझाव पनि यही छ । 
 
अहिले घर किन्नका लागि ऋण  माग गर्दै बैंकमा जानेको संख्यामा गत साता १२ प्रतिशतले गिरावट आएको छ, यसको सिधा अर्थ हो केही समय अघि गरिएको ब्याजदर बृद्धिका कारण घर किन्न चाहनेहरु घटेका छन् ओजेसले भने घर किन्न खोज्नेको संख्या घट्नुको अर्थ माग कम हुनु हो यो कहां गएर रोकिन्छ भन्न सकिदैंन ।
 
यदी घर विक्री गर्ने वढी भएभने मूल्य घट्नै पर्छ ओजेसले भने । 
 
अमेरिकामा महंगी वेपत्ता वढ्न थालेपछि केन्द्रिय बैंक फेडरल रिजर्भले केही साता अघि व्याजदर वृद्धि गरेको थियो । यसको असर बजारमा देखिन थालेको छ । 
 
घर किन्ने र विक्री गर्ने दुवै घटन थालेको विवरणहरु आएका छन् । 
 
सस्तो व्याजमा सजिलै पैसा पाएका कारण घरको माग उच्चदरले वढेको थियो । यही कारण घरको औषत मूल्य पनि अकासिएको थियो । कतिपयले नाफाका उद्देश्यले दोस्रो घर किनेका थिए । उच्च व्याजदरले यस्तो गर्नेहरु हच्किएका छन् । 
 
महंगीको असर वालमार्ट, टार्गेट जस्ता उपभोग्य वस्तु विक्री गर्ने ठुला कम्पनीलाई पनि पर्न थालेको छ । यस अघि अमेरिकाका अर्थतन्त्रमा खुद्रा किनेवेच अर्थात रिटेल क्षेत्र मजबुत मानिएको थियो । तर, यो साता देखि यस क्षेत्रमा पनि असर पर्न थालेको हो । 
 
अव यदी रोजगार बजारमा पनि केही नकरात्मक असर देखियो भने अर्थतन्त्रमा संकट अरु वढ्छ ओजेसले भने । 
 
अमेरिकामा मात्र होइन विश्वभर महंगी वढेको छ । वेलायतको उपभोक्ता मूल्य सुची ९ प्रतिशतले वढेको छ । युक्रेन युद्धले गर्दा तेलको मुल्य अकासिएको छ । अमेरिकामा तेलको मूल्य कतिपय स्थानमा ग्यालनको साढे ४ डलर भन्दा माथि चढेन थालेको छ । 
 
मूल्य बृद्धिको असर अमेरिकाको शेयर र क्रिप्टोकरेन्सी बजारमा पनि परेको छ । वुधवार मुख्य शेयर बजार सुचक १००० अंक भन्दा वढीले तल झरेको छ । 
 
क्रिप्टोकरेन्सीको बजारमा केही दिन यता ठुलो गिरावट आएको छ । विट्क्वाइन, इथेरियम, डगक्वाइन लगायत क्रिप्टोकसेन्सीको मुल्य तल झर्दा यहां लगानी गर्नेले अरर्वौ डलर गुमाएका छन् । 
 
क्रिप्टोकरेन्सीमा आएको उच्च गिरावटले लगानीकर्तामा मानसिक समस्या समेत वढेको सीएनएन द्धारा प्रकाशित समाचारमा उल्लेख छ । 
 
क्रिप्टोकरेन्सीमा आएको उच्च गिरावटले विश्व अर्थतन्त्रमा संकट ल्याउन सक्ने जोखिम समेत वढेको छ । 
 
अर्थतन्त्रका विभिन्न क्षेत्रमा परेको दवाव कतै मन्दीमा परिणत हुने त होइन भन्ने जोखिम पनि छ ।