मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

काठमाडौँमा बालेन जित तर्फ उन्मुख, गगन क्रेजलाई चुनौती

काठमाडौँमा बालेन जित तर्फ उन्मुख, गगन क्रेजलाई चुनौती

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ – काठमाडौ महानगर मेयर चुनावको मतगणतामा बालेन शाहले लगातार लिड गरिरहेका छन् । प्राप्त भईरहेको मतका आधारमा उनी विजयी तर्फ उन्मुख भएका छन् । 
 
काठमाडौ महानगरको करिव ५० हजार मत गणना भएको छ । यो खसेको मतको करिव ३० प्रतिशत मात्र भए पनि फराकिलो मत अन्तर र उनले अहिलेसम्म गणना भएको भोटमा लिड गरिरहेकाले बालेन अवको काठमाडौको मेयर वन्ने संभावना वढेर गएको छ । 
 
बालेनको अग्रतालाई राजनीतिक पार्टीका नेताहरुले विश्लेषण गर्न थालेका छन् । यसलाई राजनीतिक पार्टीका कार्यकर्ताको सेन्डीकेट अव कम हुदैं गएको रुपमा हेरिएको छ । यो राजनीतिक नेता र कार्यकर्ताका लागि चुनौतीका रुपमा देखिएको छ । 
 
हिमालयखवरले दलको सेन्डिकेट तोड्न बालेनलाई जिताउनुपर्ने सम्पादकीय लेखेको थियो । चुनाव लगत्तै सार्वजनिक भएका विभिन्न प्रारम्भिक सर्भेका आधारमा बालेनले जित्ने पनि हिमालयखवरले दावी गरेको थियो । 
 
बालेनको व्यवस्थति प्रचार शैलीले उनलाई ब्राण्ड वनाएको छ । यो ब्राण्ड वनाउन एउटा टिममै उनीसंग छ । यस अघि नेपाली कांग्रेस नेता गगन थापाले यस्तै शैलीको प्रचार प्रसार गर्दै आएका थिए । तर, बालेनको टिम गगनको भन्दा पनि सफल देखिएको छ । बोलनको चर्चाले गगनको क्रेजलाई समेत छांयामा पार्न थालेको छ । 
 
गगन विकास निमाणर्, अर्थतन्त्रका कुरा भन्दा विरोधी पार्टीका नेतालाई भाषणमा चुनौती दिदैं चर्चामा छन् । बालेनको चुनाव क्याम्पेनले यो शैली अव सफल नहुने देखिएको छ । 
 
मतगणना भईरहंदा पनि बालेन चर्चामै छन् । कहिले ललितपुर पुगेका छन त कहिले कता । उनी अव चश्मा खोलेर समेत देखिन थालेका छन् । 
 
बालेन मात्र होइन स्वतन्त्र उम्मेदवारले पाएको लौरो चुनाव चिन्ह पनि अहिले चर्चामा छ  । केही स्थानमा लौरोले जितेका छन् । केही स्थानमा कडा टक्कर दिएका छन् । यस आधारमा बालेन र उनको समुह बैकल्पिक राजनीतिक पार्टी वनाउने आधार खोजिरहेको देखिन्छ । 
 
यसलाई बालेनले पनि अस्विकार गरेका छन् । १० वटा फिल्म वनाउने योजना हाम्रो हो यो पहिलो हो बालेनले एक टेलिभिचन कार्यक्रममा यही अभिव्यक्ति दिएका थिए । 
 
भारतमा आम आद्मी पार्टीको शैलीमा लौरो समुह अघि वढ्न सक्ने वताईएको छ ।