मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

म्युजिएमलाई अघि बढाउन हेरिटेज नाइट

म्युजिएमलाई अघि बढाउन हेरिटेज नाइट

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (अमेरिका) – टेक्ससमा नेपाली व्यबसायीहरुको संस्था नेप्लिज अमेरिकन चेम्बरले व्यबसाय प्रवद्र्धनको क्षेत्रबाट माथि चढेर सामाजीक उत्तरदायित्व अन्तरगत नेपाली हेरिटेजको अवधारणा अघि सारेको छ ।
 
नेपाली हेरिटेज अन्तरगत ड्यालसमा नेपालको कला संस्कृति, पुरातत्वलाई प्रष्ट्याउने म्युजिएमको आकर्षक अवधारणा चेम्बरले अघि बढाएको छ । युलेसमा निर्माणाधिन मन्दिरको सबै संरचना तयार पश्चात नेपाली म्युजिएमको निर्माण अघि बढाउने तयारीमा चेम्बरका पदाधिकारीहरु छन् ।

 
प्रस्तावित नेपाली हेरिटेज म्युजिएमका बारेमा जानकारी दिने उद्वेश्यले शनिबार ड्यालसको लस–कोलिनासमा चेम्बरले नेपाल हेरिटेज नाइटको आयोजना गरेको थियो । परम्परागत भेषभुषामा उपस्थित सहभागीबीच चेम्बरका पदाधिकारीहरुले अमेरिकामा रहेका नेपाली समुदायको पुस्तान्तरसँगै संस्कार र संस्कृति लोप हुने संभावनालाई दृष्टिगत गरेर म्युजिएमको अवधारणा अघि सारिएको बताए ।
 
चेम्बरका निवर्तमान अध्यक्ष बाल जोशीले अबको ५० वर्ष पछि अमेरिका आएका पहिलो पुस्ताका नेपालीहरु नहुने भएकोले अर्को पुस्ताका लागि नेपाल चिनाउन म्युजिएम बनाउन लागिएको उल्लेख गरे ।
 
कार्यक्रममा चेम्बरकी अध्यक्ष स्मृति कार्की, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र बोर्ड अफ ट्रष्टीका अध्यक्ष विनय अर्याल, मन्दिरका अध्यक्ष सुरेशचन्द्र पोखरेल, नेपाली समाज टेक्ससका सचिव हरि खनाल लगायतले म्युजिएम यो पुस्तालाई भन्दा पनि केही पुस्तापछिका लागि महत्वपूर्ण हुने भएकोले बनाउनै पर्नेमा जोड दिएका थिए । 
 
सांस्कृतिक कार्यक्रम सहित नेपालको डिनरमा परम्परागत परिकार ढिँडो, च्याख्ला डिनरका रुपमा समावेश गरिएको थियो ।