मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चुनावमा दलीय सेन्डिकेट तोडौँ

चुनावमा दलीय सेन्डिकेट तोडौँ

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चुचुनावमा आफ्नो लागि सही प्रतिनिधि चुन्ने अधिकार मतदाताको हो । हामी यसलाई सधैँ सम्मान गर्छौ । अहिले स्थानीय चुनावको सन्दर्भमा हेर्दा देशमा विचार र सिद्धान्तको प्रतिस्पर्धाभन्दा पनि राजनीतिक दल र उसका कार्यकर्ताको सेन्डिकेटमा पर्दै गएको छ । एक साताभित्र हुन लागेको स्थानीय चुनाव यो सेन्डिकेट तोड्ने अवसर हो । 
 
त्यसकारण यस पटकको स्थानीय चुनावमा निकै चर्चा र राजनीतिक दलका लागि प्रतिष्ठाको विषय बनेको काठमाडौँ महानगरपालिकाको चुनावमा हामी बालेन शाहको पक्षमा छौँ । उनको चुनाव चिह्न लौरोमा भोट हालेर उनलाई जिताउनु पर्छ भन्छौँ । स्वतन्त्र उम्मेदवार बालेनका कयौँ कमजोर नदेखिएका होइनन् । उनमा अनुभवको कमी छ । उनले चुनावका बेला भनेका केही योजना व्यवहारमा सम्भव पनि छैनन् । तर, पनि उनले दल र कार्यकर्ताबीचको सेन्डिकेटलाई चुनौती दिएका छन् । उनले जित्दा काठमाडौँलाई केही राम्रो होला तर, राजनीतिक शुद्धीकरणमा भने ठूलो उपलब्धि हुन्छ । यसले देशको राजनीतिमा सकारात्मक असर पार्ने छ भन्ने हाम्रो विश्वास छ ।

 
बालेन स्वतन्त्ररुपमा उम्मेदवारी दिँदा जुन तहको प्रचार र प्रसार पाएका छन् यो पनि कम होइन । तर, उनले जिते भने यो विश्वभर समाचारको विषय बन्नेछ । काठमाडौँका मतदाता फेरि चर्चामा हुने छन् । बालेनलाई नानीमैँया जस्तो जोकमा पनि नलिऊन्  । उनको प्रचारप्रसारमा अपरिपक्कता देखिए पनि गम्भीर कुराहरु पनि उठाइरहेका छन् ।
 
अमेरिकालगायत कयौँ देशमा स्थानीय चुनावमा दलसँग आबद्ध भएर उम्मेदवारी दिन पाइँदैन । अमेरिकाका सिटीका मेयर सबै दलसँग आबद्ध नभई चुनावमा जान्छन् । राज्य र केन्द्र स्तरमा मात्र राजनीतिक दल आउँछन् । नेपालमा पनि प्रदेश र केन्द्रीय संरचना छ । त्यहाँ दलगत प्रतिस्पर्धा भई नै हाल्छ । तर, स्थानीय निकायलाई कमसे कम दलको प्रभावबाट मुक्त राख्न सकियो भने देशले राजनीतिक दल र तिनका कार्यकर्ताको सेन्डिकेटबाट मुक्ति पाउँछ । जुन अबको आवश्यकता हो । काठमाडौँमा बालेन, भरतपुरमा जगन्नाथ पौडेल, वीरगञ्जमा गिरिश गिरीलगायत अहिले जिताउन पर्ने उम्मेदवार हुन् ।

 
काठमाडौँ महानगरमा एमाले उम्मेदवार केशव स्थापितले जति कुरा गरेका छन् ती वकवास छन् । उनको यसअघि मेयर पदमा हुँदाका उपलब्धि भनेको माइतीघर खाली गर्ने, केही किलोमिटर सडक चौडा पार्नेबाहेक केही छैन । उनले यथार्थभन्दा धेरै बकवास गरिरहेका छन् । बालेनविरुद्ध जातीय कार्डसमेत प्रयोग गरे । 
 
कम्युनिस्ट भन्ने जातीय कार्ड प्रयोग गर्ने यो राजनीतिक बेइमानी हो । नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले हार्दा परिवारवाद पनि पराजित हुन्छ । यो कुरा अहिले नउठाऊँ । तर, उनले काठमाडौँलाई कसरी परिवर्तन गर्न सकिन्छ यसको खाका दिनै सकेकी छैनन् । उनले जितेमा परिवर्तनको आश गर्नु बेकार हुन्छ । 
 
त्यही भएर बालेन अहिलेका लागि उपयुक्त छनोट हुन् । हामी पूर्ण प्रजातन्त्र, उदारीकरणमा विश्वास गर्छौं । त्यही भएर दल र त्यसका कार्यकर्ताको सेन्डिकेटको पनि विरोधी हौँ । स्थानीय चुनाव यो सेन्डिकेट तोड्ने मञ्च हो । छिटो होस् कि ढिलो यो सेन्डिकेट त तोडिन्छ नै ।