मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

श्रीधर खत्री अमेरिकाका लागि नेपाली राजदुत नियुक्त

श्रीधर खत्री अमेरिकाका लागि नेपाली राजदुत नियुक्त

शेयर गर्नुहोस:

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ- राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सफारिसमा प्रा श्रीधर खत्रीलाई संयुक्त राज्य अमेरिकाको राजदुतमा नियुक्त गरेकी छिन् । 
 
त्रिभुवन विश्वविद्यालयमा लामो समय प्रद्यापनमा विताएका खत्री परराष्ट्र विज्ञ मानिन्छन् । सरकारले केही महिना अघि अमेरिकामा खत्री, भारतमा डा शंकर शर्मा, वेलायतमा ज्ञानचन्द्र आचार्यलाई राजदुत मनोनयन गरेको थियो । 
 
संसदमा सुनुवाई लगायत कुटनीतिक प्रकृया पुरा भएपछि राष्ट्रपतिले खत्रीलाई राजदुत नियुक्त गरेकी हुन् । 
 
सरकारले अमेरिकाका राजदुत डा युवराज खतिवडालाई केही महिना अघि फिर्ता वोलाएको थियो । सरकार परिवर्तनका कारण डा खतिवडा कार्यकाल पुरा गर्न नपाई फर्किएका थिए । केही समय देखि नेपालको अमेरिका दुतावास राजदुत विहिन थियो ।