नेपाल

श्रीधर खत्री अमेरिकाका लागि नेपाली राजदुत नियुक्त

श्रीधर खत्री अमेरिकाका लागि नेपाली राजदुत नियुक्त


शेयर गर्नुहोस:

2.8k
Shares

  • change font
  • change font

काठमाडौ- राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सफारिसमा प्रा श्रीधर खत्रीलाई संयुक्त राज्य अमेरिकाको राजदुतमा नियुक्त गरेकी छिन् । 
 
त्रिभुवन विश्वविद्यालयमा लामो समय प्रद्यापनमा विताएका खत्री परराष्ट्र विज्ञ मानिन्छन् । सरकारले केही महिना अघि अमेरिकामा खत्री, भारतमा डा शंकर शर्मा, वेलायतमा ज्ञानचन्द्र आचार्यलाई राजदुत मनोनयन गरेको थियो । 
 
संसदमा सुनुवाई लगायत कुटनीतिक प्रकृया पुरा भएपछि राष्ट्रपतिले खत्रीलाई राजदुत नियुक्त गरेकी हुन् । 
 
सरकारले अमेरिकाका राजदुत डा युवराज खतिवडालाई केही महिना अघि फिर्ता वोलाएको थियो । सरकार परिवर्तनका कारण डा खतिवडा कार्यकाल पुरा गर्न नपाई फर्किएका थिए । केही समय देखि नेपालको अमेरिका दुतावास राजदुत विहिन थियो । 

Advertisement