मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

पूर्बोत्तर अमेरिकाको मेनराज्यदेखि लिएर टेक्सससम्म एकैपटक भारी हिमपात

पूर्बोत्तर अमेरिकाको मेनराज्यदेखि लिएर टेक्सससम्म एकैपटक भारी हिमपात


शेयर गर्नुहोस:

3.1k
Shares

  • change font
  • change font
  • change font

विन्टरमा न्यूयोर्कमा हिमपात हुनु सामान्य मानिन्छ । तर जब अमेरिकाको तराईका रुपमा लिइने टेक्सस, लुजियाना, अलाबामा, न्यू–मेक्सिको, एरिजोना लगायतका राज्यहरुमा हिमपात हुन्छ तब अमेरिकाभरि ठूलो समाचारको विषय हुन्छ ।
 
यसपटक पनि त्यस्तै भएको छ । पूर्बोत्तर अमेरिकाको मेनराज्यदेखि लिएर टेक्सससम्म एकैपटक भारी हिमपात भएको छ । विन्टरमै पनि त्यति हिउँ नपर्ने टेक्ससमा यसपटक कम्तिमा एकदेखि तीन इन्चसम्म हिउँ परेको छ । बुधबार रातिदेखि पर्न सुरु भएको हिमपातले टेक्ससको जनजीवन प्रभावित पारेको छ ।
 
अधिकांश युनिभर्सिटी, कलेज, स्कुलहरु बन्द भएका छन् । हिउँमात्र होइन माइनस तापक्रमभन्दा तल झरेपछि बालुवाको कण जसरी झर्ने पानीले सडकमा गाडी चलाउन जोखिम बढाएको छ । जसले गर्दा मानिसहरुलाई घरमै रहन र न्यानो वातावरणमा बस्न संबन्धित काउन्टी, सिटीहरुले विशेष आदेश जारी गरेका छन् ।
 
विरलै हिउँ पर्ने ठाउँमा व्यापक हिमपात भएपछि घर बाहिर निस्किएर खेल्नेहरु अत्यधिक देखिन्छन् । हिममानवको आकृति बनाएर त्यसलाई सिगार्ने, एक आपसमा हिउँ खेलेर सामाजीक सञ्जालमा पोष्ट गर्नेहरु धेरै देखिएका छन् ।
 
गत वर्षको फेब्रुअरी तेस्रो साता पनि टेक्सस राज्यभरि भीषण हिमापात भएको थियो । जसले गर्दा लाखौ घरहरुमा बिजुली गएको थियो । टेक्ससको पावर ग्रीड फेल भएको विषय अहिलेसम्म पनि आलोचनाको विषय भैरहेको छ । यसपटक पनि ग्रेपभाइन, अस्टिन, ड्यालस लगायतका सिटीहरुमा बिजुली गएको छ ।
 
ड्यालसको तापक्रम माइनस चार डिग्री सेल्सियस (२४ डिग्री फरेनहाइट) मा झरेको छ । मानिसहरु घरमै बसेर आनन्द लिइरहेका छन् । चिसो बढ्ने र हिमपात हुने पूर्वानुमान पछि वालमार्ट, क्रोगर, अल्दी जस्ता स्टोरहरुमा बुधबारदेखिनै सामानहरु रित्तिएका थिए । मानिसहरुले आवश्यक भन्दा बढी सामान किनेर होल्ड गर्ने प्रवृत्ति देखिएको छ ।

शेयर गर्नुहोस:

3.1k
Shares