मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपाली समाजमा एकहजार नौ सय मत खस्यो

नेपाली समाजमा एकहजार नौ सय मत खस्यो

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (टेक्सस) – नेपाली समाज टेक्सस (एनएसटी) को आज आइतबार भएको चुनावी कार्यक्रम यो समाचार तयार पार्दासम्म निकै शान्तिपूर्ण रुपमा सम्पन्न भइरहेको छ ।

 
करिब ३ हजार ८ सय सदस्य रहेको समाजको चुनावी प्रकृया अन्तरगत मतदान कार्यक्रममा अहिलेसम्म १ हजार ९ सय जनाले मतदान गरिसकेका छन् । लगभग दुईहजार मतदान हुने अनुमान गरिएको छ।

 
समाजको अध्यक्षका लागि पूर्ब उपाध्यक्ष कमल सापकोटा र वर्तमान वरिष्ठ उपाध्यक्ष राजेन्द्र वाग्लेबीच निकै तीब्र प्रतिस्पर्धा रहेको छ । हिमालयखबरले मतदान स्थल अर्भिङस्थित करिलिफ रेष्टुराँमा मतदानका लागि आएका सहभागीबीच लिएको सर्वेक्षणमा अध्यक्षमा निकै प्रतिस्पर्धा रहेको र पदाधिकारीहरुमा मिश्रीत परिणाम आउने संकेत देखिएको छ ।
 
दुबै पक्ष प्यानल खडा गरेर चुनावी प्रतिस्पर्धामा रहेतापनि दुबै मतदाताहरुले प्यानलभन्दा व्यक्तिगत मूल्यांकनमा आधारमा मतदात गरेको प्रतिकृया दिएका छन् । आफैंले शुल्क तिरेर सदस्य बनेका अधिकांशले उम्मेदवारहरुको विगतको योगदानलाई हेरेर मत दिएको समेत बताए ।

 
बिहान ९ बजे सुरु भएको मतदानको सुरुको केही समय गैर सदस्यहरु प्रवेश गरेर प्रभाव पार्न खोजेको गुनासो परेपछि निर्वाचन समितिले तुरुन्तै त्यसलाई समाधान गरेर उम्मेदवारहरुलाई भित्र प्रवेश गर्न सिमित गरेको थियो । मतदान गर्न आएका व्यक्तिहरुले आफ्नो नाम फेला नपारेको गुनासो पनि गरेका थिए ।

 
मतदानको लागि साँझ ७ बजेसम्मको समय तोकिएको छ । ‘७ बजेभित्र चुनाव हुने हलभित्र प्रवेश गरिसक्नुपर्नेछ । त्यसपछि कोही पनि पस्न पाउँदैनन्’ प्रमुख निर्वाचन अधिकृत डा. प्रेम अधिकारीले भने । मतदात सकिएको एक घण्टापछि नै मतगणना सुरु गर्ने लक्ष्य निर्वाचन समितिको छ ।

‘मतगणनाको लागि १० ठाउँमा गरिनेछ । लगभग चारघण्टामा परिणाम सार्वजनिक गर्ने तयारीमा समिति रहेको छ’ डा. अधिकारीले भने ।