मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अनेसास कोलोराडोद्वारा देवकोटा जयन्ती

अनेसास कोलोराडोद्वारा देवकोटा जयन्ती

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ९अनेसास० कोलोराडो शाखाले जूम मार्फत महाकवि लक्ष्मीप्रसाद देवकोटा तथा वरिष्ठ आख्यानकार रमेश विकलको जन्म जयन्तीको कार्यक्रम र वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
 
कार्यक्रमको खुला सत्रमा अनेसास केन्द्रका वरिष्ठ उपाध्यक्ष गोवर्धन पूजाले महाकवि देवकोटाको व्यक्तित्व र कृतित्वको बारेमा चर्चा गरेका थिए । त्यस्तै रमेश विकलका छोरा महेन्द्र चालिसेले विकलको व्यक्तित्वको विविध पक्षकोबारेमा प्रकाश पारेका थिए । यसै गरी संस्थाका अध्यक्ष राजु सिटौलाले महाकवि देवकोटा र आख्यानकार रमेश विकलको जीवनी सम्बन्धी जानकारीहरु स्लाइडबाट प्रस्तुत गरेका थिए ।
 
कार्यक्रममा अनेसास, बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष पदम विश्वकर्माले महाकवि देवकोटा र आख्यनकार रमेश विकलप्रति श्रद्धान्जली व्यक्त गर्दै अनेसास कोलोराडो शाखालाई वार्षिक साधारण सभाको अवसरमा शुभकामना सन्देश दिएका थिए । यसै गरी अनेसास, केन्द्रीय उपाध्यक्ष राजेन्द्र श्रेष्ठले श्रष्टा द्वयलाई श्रद्धान्जली दिदै आफ्नो रचना वाचन गरेका थिए ।
 
सो कार्यक्रममा बिभिन्न कविकवयत्रीहरूले रचना वाचन गरेका थिए । यसरी वाचन गर्ने श्रष्टाहरुमा डा। खगेन्द्र दाहाल, हरिराज शर्मा, डा। विजयराज शर्मा, महेन्द्र चालिसे, प्रभा आचार्य, केशव आचार्य, भुपेन्द्र महत, प्रमिला शर्मा, दमोदर लुइटेल, माधव शिवाकोटी, सीता सापकोटा, कुमारजङ्ग कार्की, भगवती, दाहाल, कपिलदेव सुवेदी, रामबहादुर रानाभाट, यशोदा भट्ट, लाल चौलागाइ र सम्झना आचार्य रहेका थिए ।
 
कार्यक्रममा अनेसास, कोलोराडो शाखाको सल्लाहकार रमेश गुरुङले शुभकामना सन्देश दिएका थिए । यसै गरी कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधिहरुले अनेसास, कोलोराडो शाखाको वार्षिक साधारण सभाको अवसरमा शुभकामना सन्देश दिएका थिए । यसरी शुभकामना व्यक्त गर्नेहुनेहरुमा एनआरएनए अमेरिकाको बोर्ड अफ डाइरेक्टर राज ढुङ्गाना, नेपाली घरका महासचिव बसन्त लम्साल, रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालका अध्यक्ष टीका पौडेल, एनआरएनए कोलोराडो च्याप्टरका उपाध्यक्ष प्रकाश पौडेल र ब्लड डोनर्स अफ अमेरिकाको सहकोषाध्यक्ष श्रीराम लुइटेल रहेका थिए ।
 
कार्यक्रमको दोश्रो चरणमा सम्पन्न बन्द सत्रमा अनेसास, कोलोराडो शाखाको सदस्यहरुको सहभागितामा वार्षिक साधारण सभा सम्पन्न गरिएको थियो । वार्षिक साधारण सभामा शाखाको महासचिव किरण अधिकारीले संस्थाको कार्यप्रगति प्रतिवेदन तथा भावी कार्यक्रमहरु प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष विजयदेव अधिकारीले संस्थाको आर्थिक प्रतिवेदन तथा भावी आर्थिक योजना प्रस्तुत गरेका थिए ।
 
सभाले महासचिव तथा कोषाध्यक्षको प्रतिवेदन र भावी कार्यक्रमको साथै कार्यसमितिले गरेको विशेष परिषदको गठनलाई पनि अनुमोदन गरेको थियो ।
 
शाखाको अध्यक्ष राजु सिटौलाले संस्थाले आगामी दिनहरुमा स्थानीय संस्थाहरुसँगको सहकार्यलाई विशेष महत्व दिएर अगाडि बढ्ने र नेपाली समुदायमा नेपाली भाषा साहित्यको जग मजबुत पार्न सबै संस्थाहरुको सहभागितामा नेपाली भाषा पाठशाला संचालन गर्ने उद्देश्य लिएको बताउदै सभाको विसर्जन गरेका थिए ।