मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

टेक्ससको आर्लिङ्गटनमा नाङ्ग्लोको नयाँ रेष्टुरेन्ट

टेक्ससको आर्लिङ्गटनमा नाङ्ग्लोको नयाँ रेष्टुरेन्ट

शेयर गर्नुहोस:

8.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (अमेरिका) – नेपाली व्यबसायीहरुको समूह नाङ्ग्लो ग्रुपले टेक्ससको आर्लिङ्गटनमा सञ्चालनमा ल्याएको नयाँ रेष्टुरेन्टको शनिबार औपचारिक उद्घाटन हुने भएको छ ।
 
ड्यालस र फोर्टवर्थको मध्यभागमा पर्ने सुन्दर शहर आर्लिङ्गटनको भेरिडियनमा नाङ्ग्लो रेष्टुरेन्टको दोस्रो आउटलेट सुरु भएको हो । गत जुलाईदेखि सफ्ट ओपनिङ भएको यो रेष्टुरेन्टको शनिबार विशेष समारोहबीच आर्लिङ्गटनका मेयर जीम रसले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
 
रेष्टुरेन्टको क्षेत्रमा एक दशकभन्दा लामो अनुभव रहेका नेपाली युवाहरुको समूहले ग्रुप स्थापना गरेर तीन वर्षदेखि रेष्टुरेन्ट व्यबसायमा हात हालेको हो । यो ग्रुपले यसअघि टेक्ससको युलेसस्थित हाइवे १२१ नजिकै पहिलो रेष्टुरेन्ट सञ्चालनमा ल्याएको हो । 

टेक्ससको आर्लिङ्गटनमा सञ्चालनमा ल्याएको नाङ्ग्लोको नयाँ रेष्टुरेन्ट

टेक्ससको आर्लिङ्गटनमा सञ्चालनमा ल्याएको नाङ्ग्लोको नयाँ रेष्टुरेन्ट

पहिलो रेष्टुरेन्टको सफलतापछि ग्रुपले निकै सुन्दर वस्ती भएको भेरिडियनको अगाडी दोस्रो रेष्टुरेन्ट सुरु गरेको हो । ‘हाम्रो ग्रुपमा व्यबस्थापन, किचनको क्षेत्रमा लामो अनुभव भएका साथीहरु हुनुहुन्छ । त्यसले गर्दा हामी केही वर्षभित्रै ड्यालस वरिपरि नाङ्लोका अन्य थप आउटलेटहरु खोल्ने योजनामा छौँ’ लगानीकर्ता एवं मुख्य सेफ सन्तोष अधिकारीले भने ।
 
यो ग्रुपले केही दिन अघिमात्र अर्भिङको चर्चित रेष्टुँरा साङ्ग्रीलाको व्यबस्थापन पनि लिएको छ । चलचित्र निर्देशन नारायण पुरीले केही वर्ष अघिदेखि सञ्चालन र व्यबस्थापन गर्दै आएको साङ्ग्रीलालाई नयाँ ब्राण्ड र व्यबस्थापन सहित आउँदो जनवरीदेखि सञ्चालनमा ल्याइने समेत अधिकारीले जानकारी दिए । प्लानोमा समेत खोल्ने योजना सहित कार्यक्रम अघि बढाइएको समेत उनले बताए । 
 
शनिबार आर्लिङ्गटन स्थित नयाँ नाङ्ग्लो उद्घाटनका अवसरमा विशेष छुट सहित साँझ लाइभ म्युजिक कार्यक्रम समेत राखिएको छ ।