मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

न्युयोर्कमा राई समुदायले मनाए तिहार

न्युयोर्कमा राई समुदायले मनाए तिहार


शेयर गर्नुहोस:

999
Shares

  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकाको न्युयोर्कमा सक्रिय नेपाली संस्था युनाइटेड किराँत राई अर्गनाइजेशन अफ अमेरिका अन्तर्गतको न्युयोर्क च्याप्टरले तिहार विशेष कार्यक्रम मनाएको छ । च्याप्टरले सभापति केशवराम राईको सभापतित्वमा एक कार्यक्रम गरी तिहार कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।
 
पत्रकार तथा युवा नेता शान्तिराज राईलाई स्वागत तथा सम्मान गरिएको सो तिहार विशेष कार्यक्रममा संस्थाका केन्द्रीय अध्यक्ष तथा प्रमुख अतिथि मुना राईले पत्रकार राईलाई खादा लगाइदिएर तथा फुलको गुच्छाले स्वागत गरेकी थिइन् । उनले पत्रकार राईले समाजमा पुर्याएको योगदानको प्रसंसा समेत गरेकी थिइन्। सो अवसरमा च्याप्टर सभापति केशवराम राईले उपस्थित सबैमा धन्यवाद ज्ञापन गर्दै तिहारको शुभकामना दिएका थिए ।
 
सो अवसरमा भर्खर अमेरिका आएका संस्थाका नयाँ सदस्यहरु तेज राई र उदिर राईलाई पनि स्वागत गरिएको थियो । साथै हालसालै बिबाह बन्धनमा बाँधिएका ममता यात्री खालिङ राई र पत्रकार शान्तिराज राईको दाम्पत्य जीवनको सफलताको कामना समेत कार्यक्रममा गरिएको थियो ।
 
कार्यक्रमका विशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघ नेपालका पूर्वउपाध्यक्ष तथा फिप्ना अमेरिकाका सल्लाहकार डन्डु शेर्पाले तिहारको शुभकामना दिदैँ विदेशमा रहे पनि आदिवासी जनजातीहरुको हक अधिकारका लागि पहल तथा आवाज उठाइरहनुपर्ने बताए । संस्थाका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार प्रभाकर राईले संस्थालाई प्रभावकारी ढंगले अगाडि बढाउन सबैको महत्वपूर्ण भूमिका हुनुपर्नेमा जोड दिए ।
 
कार्यक्रममा अन्तर्राष्ट्रिय मार्सल आर्टस तथा अन्तराष्ट्रिय रेफ्री एवं न्युर्योक च्याप्टरका सल्लाहकार पर्खि राईले तिहारको अवसरमा भेटघाट गर्ने अवसर मिलेकोमा खुसी व्यक्त गरेका थिए । किरात राई सोसाइटी अफ अमेरिकाका केन्द्रीय सभापति राम राईले छुट्टाछुट्टै संस्थामा रहेपनि एकै घरको सन्तान जस्तो रहेको भन्दैं समयले एकदिन एउटै थलोमा जुटाउने विश्वास व्यक्त गरे । नेपाली समाज अमेरिकाका महासचिव मनु लोहारुङ राईले आफ्नो संस्कार र संस्कृतिको संरक्षण आफैले गर्नुपर्ने बताउँदै आफ्नो पहिचान कायम राख्नपर्ने बताए ।
 
सोहि कार्यक्रममा तमु सोसाइटीका पूर्वअध्यक्ष तथा फिप्नाका सल्लाहकार मेख गुरुङले नेपालीहरुको महान चाड तिहार रमाइलो गरी मनाउन पाएकोमा खुसी व्यक्त गरे । त्यसैगरी सिंगापुर पुलिस फोर्सका अफिसर पथरमान राईले उपस्थित सम्पूर्णलाई धन्यवाद दिँदै तिहारको अवसरमा भेटघाट गर्न पाउँदा खुसी लागेको बताए ।
 
समाजसेवी अग्नि राईको उपस्थिति रहेको सो कार्यक्रमको संचालन च्याप्टरका सुसान राईले गरेका थिए भने संयोजन न्युयोर्क च्याप्टरका वरिष्ठ उपाध्यक्ष बाला राई र महासचिव प्रमल राईले गरेका थिए ।

शेयर गर्नुहोस:

999
Shares