मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपाली परिकारको स्वाद र सेफको सम्मान

नेपाली परिकारको स्वाद र सेफको सम्मान

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ह्युस्टन टेक्सास । नोभेम्बर ७ , आइतबार साँझ यहाँको बार्कर साइप्रस रोड स्थित अमर इंडियन कुजिनमा स्थानीय नेपालीहरुले मुख रसाउँदै करीब सोह्र नेपाली परिकारको स्वाद लिए । 
 
नेपालबाट आएका चर्चित सेफ , फूडगुरु सुरेश बस्नेतले पकाएका ती नेपाली स्वादका चुकाउनी , टूसा पलाएको साँधेको मूङ दाल , चिकेन छोयला , मासको बारा , कोदोको रोटी , मुस्ताङ्गे आलु , आलुतामा र बोडी , काजी सूप , टिम्बुरे चिकेन लगायतका परिकार राखिएका थिए ।

सुरेश बस्नेतलाई सम्मान गर्दै पर्यटनदूत जगदीश काफ्ले

सुरेश बस्नेतलाई सम्मान गर्दै पर्यटनदूत जगदीश काफ्ले
 
सुरेश बस्नेत विगत २० वर्षदेखि नेपाली खाना सम्बन्धी प्रचार , प्रसार , तालिम , अध्यापन र प्रबर्धनमा सक्रिय छन् । ग्यास्ट्रोनोमी टूर डी नेपाल नाम दिइएको उक्त फूड उत्सव नेपाली परिकारमा चाख राख्नेहरुको लागि नितान्त नौलो र स्वादिलो अभियान भएको कुरा फूड उत्सवमा उपस्थित खानाका पारखीहरुले हिमालय खबरलाई बताए । 

सोही कार्यक्रममा अर्को एउटा महत्वपूर्ण पक्ष ह्युस्टनमा कार्यरत पुराना प्रतिष्ठित एवं नव प्रतिभाशाली नेपाली सेफहरुलाई सम्मान गरिएको थियो । 
 
अस्वस्थका कारण ह्युस्टनका सबैभन्दा पुराना प्रतिष्ठित सेफ अमरसिंह भने समारोहमा उपस्थित थिएनन् ।
 
कार्यक्रममा सेफहरु काशी गौतम , रामकृष्ण सापकोटा , दीपक अर्याल , चन्द्र शर्मा , गोपाल खरेल , विकास अधिकारी , हेम तिवारी , भीष्म शर्मा थिए । त्यसैगरी चिन्तामणि खरेल , नाम गुरूङ्ग , गीता लामा , आकास मल्ल र जोगेन्दर भण्डारी सम्मानित भए ।

 
उक्त नेपाली फूड उत्सव एवं सम्मान कर्यक्रमको संयोजन ह्युस्टनका लागि नेपाली पर्यटनदूत जगदीश काफ्लेले गरेका थिए । पर्यटनदूत काफ्लेकै सक्रियतामा फूडगुरु सुरेश बस्नेत नेपाली खाना ,परिकार प्रबर्धनमा हाल अमेरिकामा छन् । समारोहमा पर्यटनदूत काफ्लेले उपस्थित सबैको स्वागत गर्दै यस प्रकारको कार्यक्रम आयोजनाले नेपाली खानाको प्रबर्धन हुने र विदेशमा रहेर सेफको काम गर्ने नेपालीहरुलाई प्रोत्साहित गर्ने बताए । 

फूडगुरु सुरेश बस्नेतले आफ्नो अनुभव , नेपाली खानाको विश्वव्यापी प्रबर्धन र नेपाली सेफहरुको भूमिकाबारे चर्चा गरे । कार्यक्रमको उद्घोषण द्रोण गौतमले गरेका थिए ।
सोही अवसरमा नेप्लीज हेरिटेज यूनियनद्वारा तयार गरिएको देउसी भैलो कार्यक्रमले उपस्थित सबैलाई तिहारको मनोरञ्जन गरेको थियो ।