टेक्सस – टेक्सस ह्यूसटनमा शुक्रवार सांझ आयोजित सांगितिक कार्यक्रममा दर्शकको अनियन्त्रित भिडका कारण ८ जनाको मृत्यु र ३०० भन्दा वढी घाइते भएका छन् ।
ह्युस्टन स्थित एस्ट्रोवर्ड फेल्टिभलमा स्थानिय र्यापर ट्रेभिस स्कट सकअग कार्यक्रममा यस्तो दुखद घटना भएको थियो ।
त्यहां उपस्थित हज्जारौं दशर्क कार्यक्रम स्थल तिर धलेकिदैं जांदा यो दुर्घटना भएको हो । ठुलो भिड एकैपटक कार्यक्रम स्थलमा जान खोजेपछि त्यहां रहेका सुरक्षाकर्मीलाई नियन्त्रण असफल भएका थिए ।
घटनामा केही बालबालिका पनि परेका छन् । अमेरिकी संचार माध्यम सीएनएनले करिव ३०० जनाको स्थानिय अस्पतालमा उपचार भईरहेको जनाएको छ ।
कार्यक्रमको सवै टिकट विक्री भएका थिए । करिव ५० हजार दर्शक त्यहां सहभागी हुदै थिए ।
ह्युस्टन टेक्ससको सवैभन्दा ठुलो शहर हो । यो अमेरिका पांच ठुला शहर मध्येमा पर्छ ।
अहिले विभिन्न स्थानिय अधिकारीहरुले यस घटना हुनुलाई दुखद भन्दै अनुसन्धान भईरहेको जनाएका छन् ।
र्यापर स्कटले पनि यो घटना प्रति गहिरो दुख्छ व्यक्त गरेका छन् ।
प्रतिक्रिया