मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकाको रेष्टुरेण्ट अगाडी कुकुर तिहार (तस्विरहरु सहित)

अमेरिकाको रेष्टुरेण्ट अगाडी कुकुर तिहार (तस्विरहरु सहित)

शेयर गर्नुहोस:

17.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका – अमेरिकाको सानो पहाडी राज्य वेमिगंको सानो शहर सेरडिनमा कुुकुर मनपराउने स्थानिय वासिन्दाले नौलो अनुभव गर्न पाए ।  त्यहां नेपालीले संचालन गरेको लिटिल किचन  (सानो भान्सा) रेष्टुरेन्टले कुुकुर मनपराउने, पाल्नका लागि कुकुर तिहार मनाउने विशेष कार्यक्रम आयोजना गरेको थिथो । 
 
रेष्टुरेन्टले वरपर कुकुर तिहार मनाउने कार्यक्रम छ, भनेर केही दिन अघि देखी नै प्रचार प्रसार गरेको थियो । स्थानिय मेयर, चेम्बर अफ कमर्शका पदाधिकारी,  पत्रकार लगायतलाई निमन्त्रणा गरिएको थियो ।
 
स्थानिय समय अनुसार रेष्टुरेण्टको आगनमा विहान ११ बजे कार्यक्रम शुरु भयो । नेपाली परम्परा अनुसार कुकुरलाई सयपत्रीको माला, टिका लगाई खाना दिएर पुजा गरिएको थियो । त्यसमा स्थानिय सेरडिनबासीहरु पनि उत्साहित हुदै सहभागी भएका थिए । उत्साहित हुदै कुकुरको पुजा गरेका थिए । आयोजकले कुकुर पुजाका लागि क्यालिफोर्नियावाट सयपत्रीको माला मगाएका थिए । झण्डै ८० वटा जति कुकुरलाई पुजा गरिएको थियो । 
 
अमेरिकामा कुकुरलाई जतनका साथ पालिन्छ । कतिका लागि त घरमा न्यास्रो मेटाउने कुकुर एक मात्र साथी हुन्छ । कुकुरलाई केही तालिम, बीमा, नियमित सुई र स्वास्थ्यमा विशेष ख्याल गरिएको हुन्छ । 
 
लिटिल किचन केही महिना अघि नेपालीले किनेका थिए । रेष्टुरेण्टको मेनुमा स्थानिय र एशियन स्वादका परिकार राखिएको छ । 
 
उक्त कुकुर तिहार कार्यक्रमलाई स्थानिय संचार माध्यमले समाचारका रुपमा प्रस्तुत गरेका छन् । समाचारमा नेपालमा तिहारका बेला मनाइने कुकुर तिहारको परम्पराका वारेमा उल्लेख छ । 
 
हिन्दु संस्कृतिमा कुकुरलाई यमराजको दुतका रुपमा पुजा गर्ने प्रचलन छ  । महाभारतमा धर्मराज युधिष्ठिर हिडेर स्वर्ग जानेक्रममा यमराजको दुतका रुपमा कुकुर पनि संगै थियो । नेपालमा प्रत्येक बर्ष तिहारको दोस्रो दिन कुकुर तिहार मनाइन्छ । 

यस्तै टेक्ससको युलेस सिटी स्थित स्थानिय एनिमल सेल्टरमा कुकुर तिहार मनाईएको थियो । त्यस अवसरमा युलिस सिटीका मेयर, सिटी काउन्सिलर लगायतको सहभागिता थियो । 

युलेस सिटी स्थित स्थानिय एनिमल सेल्टर

युलेस सिटी स्थित स्थानिय एनिमल सेल्टरमा कुकुर तिहार मनाउदै