मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा दुई राज्यमा चुनाव नतिजा

अमेरिकामा दुई राज्यमा चुनाव नतिजा

शेयर गर्नुहोस:

8.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका – अमेरिकाको दुई राज्य भर्जिनिया र न्यूजर्सी भएको गभर्नर निर्वाचन राष्ट्रपति जो बाइडेन र डेमोक्रयाट पार्टीको चिन्ता बढाउने गरी नतिजा आएको छ । यो चुनावी नतिजाले वाइेडनको कार्यालले आम मतदातालाई आकर्षित गर्न नसकेको देखाएको छ । 
 
राष्ट्रपति चुनावमा न्यूजर्सी र भर्जिनिया राज्यमा डेमोक्रयाट पार्टीले बढी लिएको थियो । तर, मंगलवार भएको गभर्नर चुनावमा भने भर्जिनियामा डेमोक्रयाट पार्टीले यही राज्यमा पराजय भोग्नु परेको छ । न्यूजर्सीमा भने डेमोक्रयाट पार्टीका उम्मेदवार सानो अन्तरले अगाडी छन् । यहाँको चुनावको नतिजा कसको पोल्टामा जान्छ टुंगो लाग्न सकेको छैन ।
 
गभर्नर राज्यको कार्यकारी पद हो । यो नतिजाले अर्को बर्ष हुने संसद कांग्रेस र सिनेटमा रिक्त हुने सिटको चुनावमा डेमोक्रयाट पार्टीको अवस्थाका वारेमा पनि प्रश्न उठेको छ ।
 
यो चुनावमा डेमोक्रयाट पार्टीले सामाजिक क्षेत्रमा सरकार खर्च बढाउने मुद्दा उठाएको थियो । तर, पुरानो पार्टी रिपब्लिकनले भने आर्थिक विस्तारको सुस्त गती, उपभोग्य वस्तुमा भएको मूल्य बृद्धि, अपराध दर र स्कुलका मुद्दा उठाएको थियो ।
 
डेमोक्रयाट पार्टीले यो गभर्नरको प्रतिस्पर्धालाई आफ्नो प्रतिष्ठाको विषय पनि वनाएको थियो । 
 
यो झण्डै ८० बर्ष पुग्न लागेका राष्ट्रपति बाइडेनको कार्यकालको पहिलो बर्ष हो । तर, उनको अहिलेसम्मको कार्यालले आम अमेरिकी नागरिकलाई खासै आकर्षित गर्न सकेको छैन । अफगानिस्तानमा अमेरिकी सेना फिर्ता भएपछिको अवस्था, चीनसँगको विवाद लगायत घरेलु विषय मन्द गतिमा बढेको अर्थतन्त्र, गाडी, ग्यास (तेल) लगायत दैनिक उपभोग्य वस्तुको मूल्य बृद्धि जस्ता विषयले आम अमेरिकी खुशी छैनन् । 
 
 यो स्थितिले अर्थतन्त्रमा के हुन्छ भन्ने छ ।