मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

नेपाली फूड गुरुको परिकार उत्सव ह्युस्टनमा

नेपाली फूड गुरुको परिकार उत्सव ह्युस्टनमा


शेयर गर्नुहोस:

2.4k
Shares

  • change font
  • change font
  • change font

ह्युस्टन । विगत केही वर्षदेखि स्वदेश तथा विदेशमा नेपाली खाना –  परिकारको प्रवर्धनमा सक्रिय सुरेश बस्नेत हाल ह्युस्टन आएका छन् । उनले ग्यास्ट्रोनोमि टूर नेपाल  ( Gastronome Tour De Nepal ) नामक कार्यक्रम मार्फत नेपाली परिकारको प्रबर्धन गर्ने र विदेशमा लामो समयदेखि होटल रेष्टुराँमा काम गर्ने सेफहरुलाई सम्मान गर्ने योजना बोकेर हिडेका छन् । 
 
यसै क्रममा उनले आगामी नोभेम्बर ७ आइतबारका दिन ह्युस्टनको बार्कर साइप्रस रोड स्थित विकास अधिकारीको अमर इण्डियन कुजिनमा नेपाली खाना र संस्कृति २०२१ नामक उत्सव आयोजना गरेको हिमालय खबरलाई बताए । सो कार्यक्रममा विभिन्न नेपाली परिकारको स्वाद पस्किने र ह्युस्टनमा रहेका पुराना स्थापित नेपाली सेफहरुलाई सम्मान गरिने जानकारी दिए ।

फूड गुरु सुरेश बस्नेत

Advertisement
फूड गुरु सुरेश बस्नेत

 

 
” नेपाली फूड गुरु ” टिभी सो मार्फत सुरेश बस्नेतले नेपाली खानाको व्यापक प्रबर्धन गरेका छन् । त्यसबाहेक नेपाली खाना र यहाँको पर्यटन प्रवर्धनमा नेपाल पर्यटन बोर्डसँगको समन्वयमा कोरिया र अस्ट्रेलियामा काम पनि गरेका छन् । त्यसैगरी चिनमा उनकै सक्रियतामा नेपाली खाना प्रवर्धनमा विशेष कार्यक्रम समेत आयोजना भएको थियो । उनै फूड गुरु बस्नेतले ह्युस्टनमा विभिन्न नेपाली खाना परिकार चखाएर नेपाली स्वादको प्रबर्धन गर्दैछन् । ह्युस्टन पछि न्यूयोर्कमा पनि यस्तै कार्यक्रम गर्ने उनले बताए ।

शेयर गर्नुहोस:

2.4k
Shares