मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ कोलोराडोको विभिन्न सहरमा देउसीभैलो कार्यक्रम आयोजना गरिने

नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ कोलोराडोको विभिन्न सहरमा देउसीभैलो कार्यक्रम आयोजना गरिने

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलोराडो, अमेरिका । नेपालीहरुले दोस्रो महान् चाड शुभदीपावलीको अवसरमा कोलोराडो निवासी नेपालीभाषी समुदायहरुले नेपाली सांस्कृतिक केन्द्र (नेपाली घर)को सहयोगार्थ विभिन्न सहरमा देउसीभैलो खेल्दै शुभकामना आदान प्रदान गर्ने भएका छन् ।
 
कोलोराडोमा नेपाली घरको आयोजनामा नेपाली भाषा, संस्कृति, रीतिरिवाज तथा भेषभूषाको संरक्षण, संवद्र्धन र पहिचान गराउने उद्धेश्यको साथ हरेक वर्ष देउसीभैलोलगायत विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना हुँदै आएको छ । यसवर्ष विशेष गरी नेपाली सांस्कृतिक केन्द्रको लागि खरिद गर्न लागिएको प्रोपर्टी अहिले कोलोजिङ प्रक्रिया पुगेको अवस्थामा यथाशीघ्र जतिसक्दो धेरै पैसा जम्मा गर्नुपरेको र यस अभियानमा सबै नेपालीभाषीलाई जोड्ने अभिप्रायले यहाँस्थित सबै संघसंस्था तथा समाजसेवीहरुको सहयोगमा देउसीभैलो खेल्न लागिएको हो ।
 
कोलोराडोको सबै क्षेत्रमा बसोबास गर्ने नेपालीभाषी समुदायलाई समेट्ने गरी छुट्टाछुट्टै क्षेत्रमा देउसीभैलो खेल्न लागिएको संस्थाका अध्यक्ष लछुमन रानाले बताएका छन् । यसरी देउसी भैलो खेलिने स्थानहरुमा, १० नोभेम्वर २ तारिक, मंगलबार (साँझ ६ बजेदेखि १० बजेसम्म) स्थान : Zaika Indian Cuisine, 51 Eire Parkway, Erie CO 80516 लङमन्ट हिमालयन लायन्स क्लब, रक्कि माउण्टेन फ्रेन्ड्स अफ नेपाल, ब्लड डोनर्स अफ अमेरिका र इरीबासी नेपालीभाषी समुदायको प्रत्यक्ष सहयोग र सहकार्यमा लङमन्ट, बोल्डर, ईरी, फेड्रिक, लाफियत लगायतका स्थानमा बसोवास गर्ने समुदायलाई लक्षितगरी Zaika Erie मा खेलिन लागेको कुरा नेपाली घरका संस्थापक अध्यक्ष तथा समाजसेवी नारायण श्रेष्ठले बताएका छन् ।
 
त्यसैगरी कोलोराडोको मध्यभाग ब्रुमफिल्ड, थ्रोन्टन, वोस्टमिनिस्टर, कमर्स सिटी, फेड्रीकहाइट लेक्वुड र डेनवर क्षेत्रमा बसोबास गर्ने समुदायलाई लक्षितगरी सिष्टर ग्रुप कोलोराडो, NRN CO च्याप्टर र  INLS CO च्याप्टरको सहयोग र सहकार्यमा देउसीभैलो खेल्न लागिएको कुरा सिष्टर ग्रुपका संयोजक धन पौडेलले बताएकी छन् । देउसीभैलो तीन-चार दिनसम्म खेलिन लागेको यस देउसीभैलो कार्यक्रम घर घरमा गर्न चाहनेहरुको घर-घरमा गएर तथा केही स्थानहरुमा टोल-टोलमा खेलिने योजना रहेको नेपाली घरका महासचिव वसन्त लम्सालले बताएका छन् ।
 
यसैगरी नोभेम्बर ३ तारिक, बुधबार (साँझ ६ बजेदेखि राति १० बजेसम्म) कोलोराडोको दक्षिणी क्षेत्र अरोरा, सेन्टीनियल, पार्कर क्षेत्रमा बसोवास गर्ने समुदायलाई लक्षितगरी Arboretum Clubhouse, 4895 S Tibet St, Aurora CO 80015 मा देउसीभैलो खेल्ने कार्यक्रम रहेको छ । अरोरा तथा सेन्टीनियलबासी नेपालीभाषीहरुको सहभागिता र सहकार्यमा खेलिने यस देउसीभैलो कार्यक्रमलाई सफलताका साथ सम्पन्न गर्न नेपाली घरका उपाध्यक्ष जगदीशचन्द्र ढकालको संयोजकत्वमा १७ सदस्यीय मूल समिति तथा अन्य विषयगत समितिहरु गठन भएको कुरा उपाध्यक्ष ढकालले बताएका छन् ।
 
त्यस्तै  ग्रिली, फोर्ट कलिन्स र कोलोराडो स्प्रिङ क्षेत्रका नेपालीभाषी समुदायलाई पनि समेटेर देउसीभैलो खेल्ने व्यवस्था मिलाउनको लागि स्थानीय समाजसेवीहरुसँग समन्वय गर्ने जिम्मेवारी नेपाली घरका अध्यक्ष लछुमन राना र आर्थिक समितिका सल्लाहकार प्रकाश सिटौलालाई दिइएको छ । 
 
नेपाली सस्कृति परम्पराअनुसार कार्तिक महिनामा सकेको दान गर्दा ग्रहदशा काटिने तथा पुण्य कमाइने बताइन्छ । यस्तो अवसरमा आफूले सकेको दान गर्दा खरिद प्रक्रियामा रहेको नेपाली सांस्कृतिक केन्द्रलाई आर्थिक सहयोग पुग्नुको साथ साथै, यहाँ जन्मे हुर्केका पुस्तालाई हाम्रो रहनसहन, भाषा, संस्कृति तथा भेषभूषाको जानकारी गराउने तथा यहांका स्थानीय वासिन्दाहरुलाई नेपाली भाषा र संस्कृतिको पहिचान गराउन मद्दत पुग्ने कुरा नेपाली घरका सल्लाहकार टीका सिटौलाले बताएका छन् ।
 
कार्यक्रमले मातृभूमिप्रतिको कर्तव्य स्मरण गराउने तथा कर्मथलोमा जन्मथलोको संस्कृति पहिचाहन गराउने उनको दावी छ । देउसीभैलो कार्यक्रममा कोलोराडोमा बसोबास गर्ने सबै समुदायका गन्यमान्य, कलाकार, पत्रकार, बुद्धिजीवी, व्यापारी तथा सर्वसाधारण सबैलाई आमन्त्रण गरिएको छ । 
 
हाम्रो धर्म, संस्कृति संरक्षण र पहिचाहन गराउन पाइने यस्तो अवसरमा, आयोजकहरुले सकेसम्म सबैलाई आआफ्नो जातीय पहिरन लगाई, बालबालिकाहरुलाई पनि सहभागी गराई संस्कृति सिक्ने र सिकाउने वातावरण बनाइदिन आग्रह गरेका छन् । छुट्टै जातीय पहिरन नहुनेहरुले सकेसम्म पुरुषहरु दौरा सुरुवाल र महिलाहरु साडी चोलो लगाएर सहभागी भई कार्यक्रमको शोभा बढाई दिनसमेत अनुरोध गरिएको छ ।