मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

‘बुद्ध शिक्षा’ बिषयक निबन्ध प्रतियोगितामा नियति र ओजस्वी विजेता

‘बुद्ध शिक्षा’ बिषयक निबन्ध प्रतियोगितामा नियति र ओजस्वी विजेता

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (अमेरिका) । नेप्लिज बुद्धिस्ट ऐशोसिएसन टेक्ससले स्कूल तहका विद्यार्थी हरुको लागि गत महिना शुरु गरेको ‘बुद्ध र उनको शिक्षा’ बिषयको निबन्ध प्रतियोगिता एक भब्य समापन कार्यक्रमबीच समापन भएको छ।
 
उक्त कार्यक्रममा विजेता द्वय नियति श्रेष्ठ र ओजस्वी अर्याल लाई इभ्यालुएटर च्वाइस अवार्ड र संसा गुलाती र रयान मान सिंह लाई अनरेवल मेन्सन अवार्डबाट सम्मानित गरेको थियो।
 
नियति श्रेष्ठ लाई उक्त पुरुस्कार ‘द फोर नोबल ट्रुथ’ र ओजस्वी अर्याल लाई ‘बुद्धिजम एण्ड साइन्स, हाउ दे अोभरल्याप’ बिषय को निबन्धको लागि प्रदान गरिएको हो।
 
किन्डर-गार्टन देखि १२ कक्षा सम्मका विद्यार्थी हरुको सहभागिता रहेको सो कार्यक्रममा ४ कक्षा देखि १२ कक्षा सम्मका जम्मा १६ जना विद्यार्थी हरुले भाग लिएका थिए। उक्त समापन कार्यक्रममा सम्पुर्ण प्रतियोगी विद्यार्थी हरुले आ-आफुले तयार पारेको निबन्ध पढेर सुनाएको थियो।
 
एशोसिएसनले आफ्नो फेसबुक पेज मार्फत उक्त प्रतियोगितामा भाग कसरि लिने, कुन कुन बिषयमा निबन्ध लेख्न पाउने, सहयोगी किताब हरुको लिंक, प्रतियोगिताका नियमहरु, प्रतियोगि निबन्ध हरु कसरि मूल्यांकन हुने र मूल्यांकन समितिका सदस्यहरुको जानकारी दिएको थियो। उक्त प्रतियोगिता मा भागलिने विद्यार्थी लाई ४ हप्ताको तयारी समय दिएको थियो।
 
नेप्लिज बुद्धिस्ट ऐशोसिएसन, टेक्सासले यस पहिलो गरेको ‘बुद्ध र उनको शिक्षा’ बिषयको निबन्ध प्रतियोगिताको मुल्यांकन समितिमा ऐशोसिएसनका सचिब डा. नीरज बज्राचार्य (संयोजक), धिरेन गुरुङ (सल्लाहकार), अनुजा घिमिरे, सुशील चौधरी, श्रद्धा श्रेष्ठ तथा सुरेश बस्याल थिए ।