मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

को हुन् मन्दिरलाई एकलाख डलर घोषणा गर्ने पन्त ?

को हुन् मन्दिरलाई एकलाख डलर घोषणा गर्ने पन्त ?

शेयर गर्नुहोस:

166.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टेक्सस (अमेरिका) । टेक्ससको युलेसमा निर्माण हुन लागेको मन्दिरका लागि कृष्ण पन्त दम्पत्तिले शनिबार एकलाख डलर दिने घोषणा गर्नुभयो । मन्दिरको लागि दिने प्रतिवद्धता जनाइएको यो रकम हालसम्मकै सबैभन्दा ठूलो धनराशी हो ।
 
यसअघि सबैभन्दा बढी रकम ६० हजार डलरको थियो । अनिल पाठक, गौरीराज जोशी, डा. मुरली अधिकारी, भीम कार्की, बासु भण्डारी, महेन्द्र कुँवर, कपिल अधिकारी र शैलेन्द्र मानन्धर लगायतले ५० हजार डलर भन्दा माथि सहयोग प्रदान गरिसकेका छन् ।
 
पन्त र उहाँकी धर्मपत्नी नगिन केसी पन्तले शनिबार मन्दिरले आयोजना गरेको कार्यक्रममा एकलाख डलर सहयोगको घोषणा गर्दा तालीको गडगडाहट थियो ।

एकलाख डलरको प्रतिवद्धता जनाउने पन्तका बारेमा टेक्ससमा पहिलेदेखिनै बस्दै आएका व्यक्तिहरु जानकार भएपनि नव आगन्तुकहरु भने पन्तका बारेमा धेरै जानकार छैनन् । पन्तसँग निकटस्थ र उहाँलाई चिन्ने जान्नेहरुका अनुसार उहाँ ड्यालसका पुराना नेपालीमध्यमा पर्नुहुन्छ ।
 
सन् १९९६ मा अमेरिका आउनुभएका पन्त अहिले ड्यालसमा मात्र नभएर सिंगै टेक्ससका नेपालीहरुबीच सफल व्यबसायीका रुपमा चिनिनुहुन्छ । चारवटा ठूला होटल, आठवटा ग्याँस स्टेशन, बिजनेन कम्प्लेक्स, हाउजिंग मार्केटमा पन्तको लगानी छ ।
 
नेपालमा अस्पताल लगायतका क्षेत्रमा करोडौँ रुपैयाँ लगानी गरिसकेको पन्तले बताउनुभयो । झण्डै एकदशक अघि पन्त नेपाली समाज टेक्ससको उपाध्यक्ष हुनुहुन्थ्यो । डा. प्रेम अधिकारी अध्यक्ष हुँदा पन्त उपाध्यक्ष हुनुहुन्थ्यो ।
 
टेक्ससको ड्यालस काउन्टीमा पर्ने भ्यालीरेन्चमा सपरिवार बस्दै आउनुभएका पन्तको नेपालमा पुख्र्यौली घर गोरखाको गाईखुर हो । व्यबसायमा आँट गर्ने र सफल हुने व्यक्तिमा उहाँ पर्नुहुन्छ पन्तलाई नजिकबाट चिन्नेहरु भन्छन् ।
 
‘मैले मन्दिरका लागि एकलाख डलर दिने घोषणा हिजै गरिसकेँ । परिआए अरु थप रकम पनि दिनेछु’ पन्तले हिमालयखबरसँग भन्नुभयो ।
 
‘पन्तले एकलाख डलर दिने घोषणा गर्नुभएको छ । त्यसबाट आर्थिक रुपमा सक्षम र समुदायप्रति चासो राख्ने धेरैलाई थप प्रेरणा पनि मिलेको छ’नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका अध्यक्ष सुरेशचन्द्र पोखरेलले बताउनुभयो । पन्त अहिले मन्दिरको ट्रष्टी सदस्य हुनुहुन्छ ।
 
५० लाख डलर भन्दा बढीकाे लागतमा युलेसमा भव्य पशुपतिनाथ मन्दिर तथा बाैद्ध स्तुपाको निर्माण हुँदैछ ।