मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपाल अमेरिका पत्रकार संघ(नेजा)को सातौ अधिवेशनको उद्घाटन सुरु

नेपाल अमेरिका पत्रकार संघ(नेजा)को सातौ अधिवेशनको उद्घाटन सुरु

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डिसी महानगर क्षेत्र । नेपाल अमेरिका पत्रकार संघ(नेजा)को सातौ अधिवेशन तथा १४ औ साधारण सभाको उद्घाटन सुरु भएको छ । उद्घाटन कार्यक्रम नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पानसमा बत्ती बाली उद्घाटन गरेका छन् भने उनि नै कार्यक्रमका प्रमुख अतिथि हुन् ।
 
नेजाको प्रचलन अनुसार नेपाल पत्रकार महासंघका अध्यक्ष नै अधिवेशनका प्रमुख अतिथि हुने गर्छन ।
 
अमेरिकाको भर्जिनिया राज्यको स्यानटीली शहरमा आयोजना हुने कार्यक्रम जुलाई २४ र २५ अर्थात् शनिबार र आइतबार हुनेछ । उद्घाटन कार्यक्रम साँझ ५ बजे सुरु भएको छ भने कार्यक्रम ८ बजे सम्म चल्ने छ ।
 
नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोख्रेल नेजाको निमन्त्रणामा प्रमुख अतिथिको रुपमा अमेरिका आएका हुन् । आज अधिवेशनको पहिलो दिन उद्घाटन कार्यक्रम मात्र हुनेछ भने जुलाई २५ आइतबारका दिन बन्द सत्र र नयाँ कार्यकारी समितिको लागि निर्वाचन हुनेछ ।
 
प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यक्रम सफलताको शुभकामना सन्देश पठाएका छन् त्यस्तै गरि राजदुत युवराज खतिवडा(विद्या वारिधि )पनि अन्य कार्यक्रममा व्यस्त भएकोले उद्घाटन समारोहमा सहभागी हुन् नसकेकोले शुभकामना सन्देश पठाएका छन् ।
 
कार्यकमको अध्यक्षता नेजाका कार्यवाहक अध्यक्ष विकासराज न्यौपानेले गरेका छन् भने कार्यक्रमको लागि पत्रकार महासंघ तथा प्रेस काउन्सीलका पूर्व सभापति हरिहर विरही, महाबाणिज्यदुत प्रेम राजा महत ,पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल ,वरिष्ठ पत्रकार तारा वराल, एनआरएएनए अमेरिकाका अध्यक्ष बुद्धि सुबेदी ,इन्जाका अध्यक्ष गुणराज लुइँटेल ,संघका पूर्व अधिकारीहरु ,वरिष्ठ तथा अग्रज पत्रकारहरु लगायत विभिन्न संघ/संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
 
कार्यक्रमको सुरुवात नेपाली राष्ट्रिय गान तथा अमेरिकी राष्ट्रिय गान बजाईएको थियो । कार्यक्रम संचालन महा सचिव किरण मरहठ्ठाले गरेका छन् भने स्वागत मन्तब्य अधिवेशन संयोजक लिला ओझा ढकालले गरेकी थिइन् ।