मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेजाको अधिवेशनको तयारी पुरा

नेजाको अधिवेशनको तयारी पुरा

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भर्जिनिया (अमेरिका) । नेपाल अमेरिका पत्रकार संघ (नेजा) को साताै अधिवेशनको तयारी पुरा भएको छ । जुलाई २४ तारिक शनिबार अधिवेशनको उदघाटन भर्जिनियाको च्यान्टलीमा विशेष समारोहबीच हुँदैछ ।
 
अधिवेशनको प्रमुख अतिथिका रूपमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल विहीबारनै अमेरिका अाइपुगेका छन् । पोखरेललाई नेजाका पदाधिकारीहरूले डुलस इन्टरनेसनल एअरपोर्टमा स्वागत गरेका थिए । 
 
यस पटकको अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने कार्यक्रम रहेको छ । गत वर्षनै सम्पन्न हुनुपर्ने अधिवेशन कोरोना महामारीका कारण स्थगित भएको थियो । 
 
यसपटकको अधिवेशनमा महासंघका पूर्व अध्यक्ष तथा प्रेस काउन्सिलका पूर्व अध्यक्ष हरिहर विरही लगायतका व्यक्तित्वको उपस्थितिले गर्दा अमेरिकामा रहेका पत्रकारहरू निकै उत्साहित भएका छन् । अधिवेशन शनिबार र अाईतबार हुने कार्यक्रम रहेको छ ।