मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

गुल्मी समाजद्वारा दीपक गौतमको मृगौला उपचारका लागि २५ हजार डलर सहयोग

गुल्मी समाजद्वारा दीपक गौतमको मृगौला उपचारका लागि २५ हजार डलर सहयोग

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ह्युस्टन, टेक्सस – मृगौला प्रत्यारोपणको तयारीमा हाल अस्पतालमा रहेका दीपक गौतमको परिवारलाई गुल्मी समाज ह्युस्टनले २५ हजार दुई डलर सहयोग गरेको छ। 
 
ह्युस्टनमा रहेका ७० जना भन्दा बढी गुल्मी समाजका सदस्य एवं शुभचिन्तकहरुबाट संकलित सात हजार पाँच सय डलर नगद र १७ हजार पाँचसय एक डलरको चेक गुल्मी समाजको पूर्व अध्यक्ष बाबुराम ज्ञवाली, गुल्मी समाजका सदस्य एवं व्यवसायी ज्ञानेश्वर श्रेष्ठ र गुल्मी समाजका उपाध्यक्ष लक्ष्मण भण्डारीले दीपकका आमा/बुबा माया गौतम/काशीराम गौतमलाई हस्तान्तरण गरेकाछन्।

यसैगरी दीपक गौतमको मृगौला उपचारका लागि नेप्लिज एसोसिएशन अफ ह्युस्टनले शुरु गरेको सहयोग अभियान अन्तर्गत गोफण्डमी मार्फत पनि हालसम्म करिब २६ हजार संकलन भइसकेको छ। यसैगरी वेको नेपाली समाजले पनि करिब दुई हजार डलर सहयोग हस्तान्तरण गरेको जानकारी हिमालय खबरलाई प्राप्त भएको छ। 

 
आफ्नो समुदायको सदस्यलाई आवश्यक पर्दा एकजुट हुने यस्तै सामाजिक क्रियाकलापले प्रवासी नेपाली समाजको एकतालाई मजबुत बनाउने गरेको छ।