काठमाडौ- नेपाली उपभोक्तालाई टेस्ला गाडी चढ्ने सोखवाट बञ्चित गराउने गरी केही पुरा गाडी विक्रेताको पक्षमा लागेर विभिन्न अवरोधहरु खडा गरिएको छ ।
सवैभन्दा वढी मोटर कार भएको अमेरिकामा टेस्ला गाडी किन्ने धेरैको सोख हुन्छ । ब्याट्रीवाट चल्ने विभिन्न सुविधा रहेको यो गाडीको विक्रीमा भने नेपाल भित्र विभिन्न नाजायज कारण देखाउंदै हतोत्साहित गरिएको हो । विभिन्न लविगंले टेस्लालाई नेपाली उपभोक्तासम्म पुग्न नदिन गलत आशयले विभिन्न प्रकारका नाजायज झन्झट दिएको नेपालमा यो कार विक्रेताले वताए । विशेष गरी गाडी आयात गर्दा भन्सार देखिनै हतोत्साहित गरिएको छ ।
नेपालमा अहिलेसम्म १७ वटा टेस्ला गाडी विक्री भएको यो कार विक्री गर्ने राकेश अडुकियाले जानकारी दिए । हामीसंग अहिले यसभन्दा निकै वढी टेस्ला गाडीको माग छ तर, सरकारको विभिन्न झन्झटका कारण डेलिभरी दिन कठिन भएको छ उनले भने ।
टेस्ला ब्याट्रीबाट चल्ने बातावरण मैत्री कार हो । यो कारको मुल्य नेपालमा करिव १ करोड रुपैंयाको हाराहारीमा रहेको राकेशले जानकारी दिए । तेलवाट चल्ने गाडीको तुलनामा इलेक्ट्रिक कारको भन्सार दर कम भएकाले टेस्ला तुलानात्मक रुपमा नेपालमा अन्य गाडी भन्ला सस्तो भएको हो । जवकी टोयोटाको र्याझफोर, हुण्डाईको एसयुभी टेस्लाभन्दा ५०, ६० लाख रुपैंया महंगो पर्छ ।
अहिले नेपालमा अमेरिकामै बनेको टेस्ला गाडी पुगेको छ । हगंकगंवाट यो गाडी लगिएको हो । नेपालका लागि टेस्लाको आधिकारिक डिलरभने तोकिएको छैन । पहिलो गाडीको मार्केट, यसका लागि चाहिने पुर्वाधारको व्यवस्था भएपछिनै आधिकारिक विक्रेता तोकिन्छ राकेशले भने । टेस्लालाई रोक्न पुराना गाडी विक्रेताको लविगं छ ।








प्रतिक्रिया