मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपाली मुलका अमेरीकी राईहरूले जनगणनामा आफ्नो धर्म किराँत लेखे

नेपाली मुलका अमेरीकी राईहरूले जनगणनामा आफ्नो धर्म किराँत लेखे

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका – अमेरिकी जनगाणनामा नेपाली मुलका राईहरूले आफ्नो धर्ममा किराँत लेखेको जानकारी दिइएको छ । युनाईटेड किरात अर्गनाइजेसन अफ अमेरिकाका अध्यक्ष मुना राईले दिएको जानकारी अनुसार अमेरीकाको जनगणना सन् २०२० मा धर्मको महल मा “किरात” लखिएका हो ।
 
जसको नेतृत्व अफ्नो संस्थाले गरेको राईको दावी थियो । किरात राई यायोखा कतारले आयोजना गरेको भर्चअल अन्तपक्रियामा राइले सो करा बताएकी हुन । सो अन्त्।पक्रियामा किराती मुलका राई हरुको अस्तित्वको लागी विभिन्न कार्यक्रम गरी रहेको जानकारी गराइएको थियो । किरात राई यायोख्खाका अध्यक्ष दिवस राईले नेपालमा हुने आगामी जनगणनामा सबै सचेत भइ आफ्नो जातीको महलमा राई र धर्मको महलमा किरात लेख्नु पर्नेमा जोड दिए । 
 
किराना कतारका अध्यक्ष बिमल राईको सभापतित्वमा भएको सो अन्तपक्रियामा लगभग १२ देशबाट प्रतिनिधित्व रहेको थियो । अमेरिकाबाट युनाईटेड किरात अर्गनाइजेसन अफ अमेरिकाका सभापती मुना राई र नेपालको भ्रमणमा रहेका महासचिव जय राईले सहभागीता जनाएका थिए । त्यसैगरी युनाईटेड किरात अर्गनाइजेसन अफ अमेरीका न्यु इंग्ल्याण्ड च्याप्टरले स्थानीय सिटीले आयोजना गरेको विश्व पृथ्वी दिवस २०२१ को उपलक्षमा आयोजना गरेको सडक सर सफाई कार्यक्रममा सहभागीता जनाएको थियो । 

 
न्यु हेम्प्शायर राज्यको स्टेट रिप्रेजेण्टेटिभ क्यासेन्द्र लेभेक्युले अर्गनाइजेसन तथा परिवारलाई धन्यवाद दिंदै आगामी दिन हरुमा पनि सहयोगको अपेक्षा गरेका थिए । अर्गनाइजेसनका सभापती मुक्ति राईको नेतृत्वमा सदस्यहरु सहभागी भएका थिए ।