मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

एन.एस.टी. स्कूलको कोडिङ्ग कक्षा तथा योगा प्रशिक्षण आगामी हप्ताबाट शुरु हुने

एन.एस.टी. स्कूलको कोडिङ्ग कक्षा तथा योगा प्रशिक्षण आगामी हप्ताबाट शुरु हुने

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (टेक्सस)– नेपाली समाज टेक्सासले संचालन गर्दै आएको स्कूलले आगामी हप्ता देखि कोडिङ्ग तथा योगा कक्षा शुरु गर्ने भएको छ। बिद्यार्थीहरुका लागि बिभिन्न ६ बिषयहरुमा ८ शिक्षकहरु द्वारा अनलाइन कक्षाहरु अध्यापन हुँदै आइरहेका छन। स्कूलका प्रिन्सिपल विजयराज भट्टराइले गराउनु भए अनुसार हालसम्म स्कूलमा स्प्रिङ्ग सेसन २०२१ को निमित्त ३५८ बिद्यार्थीहरु अध्ययनरत छन्। 
 
वेबसाइट डिजाइन तथा डेभलपमेन्ट अन्तर्गत कोडिङ्गको क्लास यही फेब्रुवरी १६ मंगलबार साँझ ७ बजे सेन्ट्रल टाइमबाट शुरु हुँदैछ। हरेक मंगलवार र बिहिवार संचालन गरिने यो कक्षा २२ वटा कक्षाको प्याकेज बनाएर शुरु गर्न लागिएको हो।यस कक्षाको भर्ना फेब्रुवरी १४ राती ९ बजेबाट बन्द गरिने जानकारी प्रिन्सिपल भट्टराइले गराउनुभयो। अप्लिकेशन डेभलपमेण्टमा लामो अनुभव भएका पशुपति तिम्सिनाले यो कक्षा लिनुहुनेछ। गत सेमेस्टरमा संचालित यो कक्षामा अध्यन गरेर धेरै बिद्यार्थीहरुले आ-आफ्ना पर्सनल वेबसाइट बनाएर सोसल मेडियामा शेयर समेत गरेका थिए। 
 
त्यसैगरी स्कूलले पहिलो पटक ‘योगा फोर किड्स’ प्रशिक्षण शुरु गर्न लागेको हो। यो योगा प्रशिक्षण भने आगामी फेब्रुवरी २१ आइतवार बिहान १० बजेबाट शुरु हुनेछ। १० हप्ता चल्ने यो ट्रेनिङ्गमा सर्टिफाइड योगा प्रशिक्षक बटुक बिष्ट हुनुहुन्छ। उहाँ ‘योगा अलाएन्स अमेरिकाका’ तथा ‘पतंजली योगा समिति नेपाल’ का सर्टीफाइड योगा प्रशिक्षक हुनुहुन्छ। यसको भर्ना भने आगामी फेब्रुवरी १९ राती ९ बजेबाट बन्द गरिने जानकारी प्रिन्सिपल भट्टराइले गराउनुभयो।
 
स्कूलका अन्य बिषयहरु ‘नेपाली र मोरल साइन्स’ (बेसिक), ‘नेपाली र मोरल साइन्स’ (इण्टरमेडिएट), ‘पब्लिक स्पीकिंग र लिडरशिप’ तथा ‘एक्स्ट्रा करिकुलर एक्टिभिटि इण्टरटेनमेण्ट’ का कक्षाहरू गत जनवरी ९ बाट नै शुरु भएर संचालन भैरहेका छन्। बिगतका सेसनहरु झैँ यसपटक पनि यो अनलाइन स्कूल संसार भरिका जो सुकै नेपाली बालबालिकाहरु पनि सहभागी हुनसक्ने व्यवस्था गरिएको छ। 
 
स्कूल भर्ना गर्नको निमित्त तलको लिङ्कमा क्लिक गरेर फर्म भरेर, प्रति बिषय, प्रति बिद्यार्थी वेबसाइट डिजाइन तथा डेभलपमेन्ट अन्तर्गत कोडिङ्गको $२०. ०० र “योगा फोर किड्स” $१०.०० शुल्क तिर्नुपर्नेछ।