मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपाली समाज टेक्सासद्वारा संचालित अनलाईन स्कूल संसारभरिकै निमित्त खुल्ला

नेपाली समाज टेक्सासद्वारा संचालित अनलाईन स्कूल संसारभरिकै निमित्त खुल्ला

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालास / टेक्सास – नेपाली समाज टेक्सासले संचालन गर्दै आएको स्कूलले आगामी हप्ता देखि स्प्रिंग सेसन स्कूल शुरु गर्ने भएको छ। नेपाली समाज टेक्सासको आधिकारिक फेसबुक पेजमा उक्त कुरा जनाईएको छ र गत हप्ता देखि नै भर्ना शुरुगरिएको छ। पहिले कक्षाकोठामै पढाइने स्कूल कोराना कहर पश्चात गत मार्च देखि नै अनलाइन गरिदै आएको छ।
 
बाल-बालिकाहरुलाई बिभिन्न ५ बिषयमा ७ शिक्षकहरुले अनलाइन पढाउने गरि तयारी गरिएको जानकारी स्कूलका प्रिन्सिपल विजयराज भट्टराइले हिजो साँझ गरिएको फेसबुक लाइभमा गराउनु भयो। बिगतका सेसनहरु झैँ यसपटक पनि यो अनलाइन स्कूल संसार भरिका जो सुकै नेपाली बालबालिकाहरु पनि सहभागी हुनसक्ने व्यवस्था गरिएको छ। 
 
स्कूल भर्ना गर्नको निमित्त तलको लिङ्कमा क्लिक गरेर फर्म भरेर , प्रति बिषय, प्रति बिद्यार्थी $२०. ०० शुल्क तिर्नुपर्नेछ। २० डलर शुल्क तिरेर ४ महिना सम्म पढाइने जानकारी समेत प्रिन्सिपल भट्टराईले दिनुभयो।  आज साँझ ७:०० बजे सेन्ट्रल समयमा पुन: फेसबुक लाइभ कार्यक्रम राखिएको छ।  भर्ना हुनको निमित्त तलको लिङ्कमा क्लिक गर्नुहोस।