काठमाडौँ । नेपालमा आइतबार २८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या एक लाख ९४ हजार ४५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार आइतबार थप २१ सहित ११०८ जनाले ज्यान गुमाएका छन् ।
पछिल्लो २४ घन्टामा थप २८१२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या एक लाख ५७ हजार ९२६ पुगेको छ । जुन कुल संक्रमितको ८१.२२ प्रतिशत हो ।
काठमाडौँ उपत्यकामा थप १५३३ जना संक्रमित थपिएका छन् । काठमाडौँका १२९४, ललितपुरका १६२ र भक्तपुरका ७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या ८८ हजार ६२२ पुगेको छ । जसमा काठमाडौँमा कुल ७२ हजार ६४, ललितपुरमा १० हजार ७७ र भक्तपुरमा ६ हजार ४८१ जना रहेका छन् ।
मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । ७७ जिल्लामध्ये कोभिड–१९ शून्य भएका जिल्लामा मनाङ र बाजुरा रहेका छन् ।
स्वास्थ्य मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालामा थप १२ हजार ३११ जनासहित हालसम्म १५ लाख ४० हजार ७७ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ । हाल देशभरका क्वारेन्टाइनमा १ हजार १४९ जना र आइसोलेसनमा ३५ हजार ४१९ जना रहेका छन् ।
देशभर २९ हजार १९७ होम आइसोलेसनमा र ६ हजार २२२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै, देशभर ८२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने ३९८ जनाको आइसियूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।












प्रतिक्रिया