मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या नौ लाख नाघ्यो

कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या नौ लाख नाघ्यो

शेयर गर्नुहोस:

486
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । विश्वभर कोरोना भाइरस सङ्क्रमणबाट नौ लाख ३ हजार ४६४ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बुधबार जानकारी दिएको छ । 

सो संगठनका अनुसार विश्वमा दुई करोड ७८ लाख ३१ हजार ८५० जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । विश्वमा कोरोना भाइरस सङ्क्रमित एक करोड ९९ लाख १० हजार १३६ व्यक्ति कोरोना मुक्त भएका छन् ।

हाल विश्वमा ७० लाख १८ हजार २५० व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । सङ्क्रमितहरुमध्ये ६० हजार ४३५ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।   

अमेरिकामा ६५ लाख १९ हजार ८६६ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यहाँ ३७ लाख ९७ हजार  ६१२ जना कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ९४ हजार ३६९ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

भारतमा ४४ लाख १७ हजार ५५० जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ ३४ लाख ३३ हजार ६०४ कोरोना भाइरस मुक्त भएका छन् भने ७४ हजार ३६७ जनाको मृत्यु भएको छ । 

ब्राजिलमा ४१ लाख ६५ हजार १२४ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ ३३ लाख ९७ हजार २३४ कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख २७ हजार ५१७ जनाको मृत्यु भएको छ ।  

रुसमा १० लाख ४१ हजार ७ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन । यहाँ ८ लाख ५६ हजार ४५८ कोरोना भाइरस मुक्त भएका छन् भने १८ हजार १३५ जनाको मृत्यु भएको छ । 

पेरुमा ६ लाख ९६ हजार १९० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख २९ हजार ७५१ जना कोरोना भाइरस मुक्त भएका छन् भने ३० हजार १२३ जनाको मृत्यु भएको छ ।

कोलम्बियामा ६ लाख ७९ हजार ५३५ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ४१ हजार ४६२ कोरोना भाइरस मुक्त भएका छन् भने २१ हजार ८१७ जनाको मृत्यु भएको छ । 

मेक्सिकोमा ६ लाख ४२ हजार ८६० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ५१ हजार १५९ कोरोना भाइरस मुक्त भएका छन् भने ६८ हजार ४८४ जनाको मृत्यु भएको छ । 

दक्षिण अफ्रिकामा ६ लाख ४० हजार ४४१ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ६७ हजार ७२९ कोरोना भाइरस मुक्त भएका छन् भने १५ हजार ८६ जनाको मृत्यु भएको छ । 

स्पेनमा ५ लाख ३४ हजार ५१३ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २९ हजार ५९४ जनाको मृत्यु भएको छ । 

अर्जेन्टिनामा ५ लाख ३४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ३ लाख ८२ हजार ४९० कोरोना भाइरस मुक्त भएका छन् भने १० हजार ४५७ जनाको मृत्यु भएको छ । यस्तै, चिलीमा ४ लाख २५ हजार ५४१ जना संक्रमितमध्ये ३ लाख ९७ हजार ७३० जना निको भएका छन् भने ११ हजार ६८२ जनाको मृत्यु भएको छ । एजेन्सीको सहयोगमा ।