बिजनेस/ इकोनोमी

असोजमा भित्रियो कीर्तिमानी दुई खर्ब ६७ अर्ब रुपैयाँ रेमिट्यान्स

असोजमा भित्रियो कीर्तिमानी दुई खर्ब ६७ अर्ब रुपैयाँ रेमिट्यान्स


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font

काठमाडौँ । नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को असोजमा २ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्र्याएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार यो एक महिनामा भित्रिएको हालसम्मकै उच्च रकम हो। यसअघि गत वैशाखमा २ खर्ब ५७ अर्ब रुपैयाँ भित्रिएको थियो ।

चालु आर्थिक वर्षको भदौमा २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । अघिल्लो आर्थिक वर्षको असोजमा भने यस्तो आप्रवाह २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ थियो ।

Advertisement

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिटेन्स आप्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७.२ प्रतिशतले बढेर ७ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको पहिलो तीन महिनामा यस्तो आप्रवाह ३५.४ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकको विवरणअनुसार अमेरिकी डलरमा मापन गर्दा रेमिट्यान्स आप्रवाह १६.७ प्रतिशतले बढेर ४ अर्ब ६० करोड डलर पुगेको छ। समीक्षा अवधिमा खुद द्वितीय आय ७ खर्ब ६२ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो आय ६ खर्ब १० अर्ब ६१ करोड रुपैयाँ थियो ।

वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिनेको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा घटेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या बढेको छ ।

राष्ट्र बैंकको विवरणमा नयाँ श्रम स्वीकृति लिनेको संख्या १ लाख २१ हजार ८७९ र पुनः श्रम स्वीकृति लिनेको संख्या ८२ हजार ३६९ उल्लेख छ । अघिल्लो वर्ष सोही अवधिमा यी संख्या क्रमशः १ लाख २३ हजार ४५९ र ७७ हजार २५७ थिए ।