राजनीति-समाज

विकास–निर्माण थाल्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा सभामुखको जोड

विकास–निर्माण थाल्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा सभामुखको जोड


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले विकास पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययन र जोखिम मूल्याङ्कनलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

नेपाल भौगर्भिक समाजद्वारा यहाँ आयोजित भौगर्भिक सम्मेलनमा उनले सडक, सुरुङमार्ग, जलविद्युत् आयोजना, विमानस्थल तथा सहरी पूर्वाधार निर्माण गर्दा भौगर्भिक अवस्थाको वैज्ञानिक अध्ययन गर्नुपर्नेमा जोड दिए।

Advertisement

उनले भौगर्भिक विशिष्टताका कारण नेपाल भूकम्प, पहिरो, बाढी, हिमताल विस्फोट तथा भूक्षयजस्ता प्राकृतिक विपद्को उच्च जोखिममा रहेको उल्लेख गर्दै यस्ता जोखिमबाट हुने क्षति घटाउन वैज्ञानिक अनुसन्धान, पूर्वतयारी र जोखिम पहिचान आवश्यक रहेको बताए ।

हिमालय क्षेत्रको भूविज्ञानलाई विकास, वातावरण संरक्षण र विपद् व्यवस्थापनसँग जोडेर तदनुरुप विकास–निर्माणका योजना कार्यान्वयन गर्नु उनको कथन थियो ।

नेपालको संविधानले स्वच्छ वातावरणको हक र प्राकृतिक स्रोतको दिगो उपयोगलाई महत्व दिएको उल्लेख गर्दै उनले संवैधानिक व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि वैज्ञानिक अनुसन्धान र तथ्यमा आधारित नीति निर्माणमा जोड दिए ।

समाजका अध्यक्ष भाष्कर खतिवडाले हिमालय क्षेत्रको भौगर्भिक अवस्था, भूविज्ञानसम्बन्धी अनुसन्धान, जलवायु परिवर्तन, प्राकृतिक स्रोतको व्यवस्थापन र पर्वतीय क्षेत्रको दिगो विकासबारे अनुभव आदानप्रदान गर्न सम्मेलन आयोजना गरिएको बताए ।

आगामी शनिबार समापन हुने सम्मेलनमा २७ देशका ३५० भन्दा बढी भौगर्भिक क्षेत्रका अनुसन्धानकर्ता तथा जानकार सहभागी छन् ।