भर्जिनिया, अमेरिका । अमेरिकाको भर्जिनिया राज्यमा ममता काफ्ले भट्टको हत्या प्रकरणमा उनका श्रीमान् नरेश भट्ट दोषी ठहर भएका छन्।
मंगलबार अदालतको जुरीले नरेशलाई प्रथम श्रेणीको हत्या अभियोगसहित श्रीमतीको शव लुकाएको र शवमाथि अनुचित व्यवहार गरेको थप दुई अभियोगमा दोषी ठहर गरेको हो।
सन् २०२४ जुलाईदेखि बेपत्ता रहेकी ममताको शव हालसम्म फेला परेको छैन। अदालतमा बयान दिने क्रममा नरेशले ममता अचेत अवस्थामा भेटिएपछि बचाउन नसकेको र त्यसपछि शव टुक्राटुक्रा पारी फालेको बताएका थिए। तर, उनले हत्या गरेको आरोप अस्वीकार गरेका थिए।
नरेशलाई आगामी मार्च १२ मा सजाय सुनाइने अपेक्षा गरिएको छ। हत्याको अभियोगमा उनलाई आजीवन कारावाससम्मको सजाय हुन सक्नेछ। अदालतले उनको धरौटीसमेत रद्द गरेको छ।
हिमालय खबर | अमेरिका













प्रतिक्रिया