खेलकुद

‘बेल्ट एण्ड रोड’ यु-१९ क्रिकेट: थाइल्याण्डविरुद्ध नेपालको जित

‘बेल्ट एण्ड रोड’ यु-१९ क्रिकेट: थाइल्याण्डविरुद्ध नेपालको जित


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ । चीनमा जारी ‘बेल्ट एण्ड रोड’ यु-१९ महिला क्रिकेट सिरिजमा नेपालले लगातार तेस्रो जित निकालेको छ । तेस्रो जित निकाल्ने क्रममा नेपालले आजको खेलमा थाइल्याण्डलाई ५२ रनले पराजित गरेको हो ।

यो खेलमा पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १०० रन बनायो । नेपालका लागि कप्तान सोनि पाख्रिनले ३२, साना प्रवीणले २५ र अञ्जिला पाठकले १३ रन बनाइन् ।

Advertisement

१०१ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको थाइल्याण्ड १९ दशमलव दुई ओभरमा ४८ रनमै अलआउट भयो । उसका लागि कुनै पनि ब्याटरले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । नेपालका लागि बलिङतर्फ कप्तान सोनि पाख्रिनले तीन तथा अनु कडायत, मनिषाकुमारी उपाध्याय र रिया शर्माले समान दुई/दुई विकेट लिइन् ।

यस प्रतियोगितामा नेपालसहित आयोजक चीन, हङकङ र थाइल्याण्डले प्रतिस्पर्धा गरिरहेका छन् । नेपालले आगामी वर्ष घरेलु मैदानमा हुने आइसिसी यु-१९ महिला विश्कपको तयारी स्वरूपमा चीनमा श्रृङ्खला खेलिरहेको हो । चीनमा श्रृङ्खला खेलेपछि नेपाली टोलीले भारतमा अभ्यास गर्ने तालिका छ ।