बिश्व घटना

सन् १९८८ पछि पहिलोपटक टेक्सासबाट डेमोक्रेटिक उम्मेदवार सिनेटमा विजयी

सन् १९८८ पछि पहिलोपटक टेक्सासबाट डेमोक्रेटिक उम्मेदवार सिनेटमा विजयी


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

टेक्सास, अमेरिका । अमेरिकी राज्य टेक्सासको सिनेट निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जेम्स टालारिको विजयी भएका छन्। उनले रिपब्लिकन पार्टीका उम्मेदवार केन प्याक्सटनलाई पराजित गर्दै ऐतिहासिक सफलता हासिल गरेका हुन्।

यस जितसँगै सन् १९८८ पछि पहिलोपटक टेक्सासबाट डेमोक्रेटिक पार्टीका उम्मेदवार अमेरिकी सिनेटमा निर्वाचित भएका छन्। यसअघि सन् १९८८ मा लोयड बेन्टसनले टेक्सासबाट डेमोक्रेटिक पार्टीका तर्फबाट सिनेट निर्वाचन जितेका थिए।

Advertisement

३७ वर्षीय टालारिको टेक्सास राज्यका प्रतिनिधिसभा सदस्यसमेत हुन्। उनले आफ्नो चुनावी अभियानमा बढ्दो महँगी, शिक्षा र आर्थिक समस्यालाई प्रमुख मुद्दाका रूपमा उठाएका थिए।

रिपब्लिकन पार्टीको लामो समयदेखिको राजनीतिक पकड रहेको टेक्सासमा टालारिकोको जितलाई अमेरिकी राजनीतिमा महत्त्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ।

उनको यो जितले टेक्सासको राजनीतिक समीकरणमा नयाँ सम्भावना सिर्जना गर्नुका साथै राष्ट्रिय राजनीतिमा पनि डेमोक्रेटिक पार्टीलाई बलियो बनाएको छ।