राजनीति-समाज

नेका देउवा पक्षधरद्वारा अमेरिकामा नेपाली जनसम्पर्क समिति गठन

नेका देउवा पक्षधरद्वारा अमेरिकामा नेपाली जनसम्पर्क समिति गठन


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font

अमेरिका, नेपाली काङ्ग्रेस देउवा पक्षधरहरुले अमेरिकामा ‘नेपाली जनसम्पर्क समिति, अमेरिका’ गठन गरेका छन्। हिजो अक्टोबर १९, २०२६ सोमबार प्रमोद सिटौलाको नेतृत्वमा नेपाली जनसम्पर्क समिति, अमेरिका गठन गरिएको हो।

Advertisement

सिटौलाको संयोजकत्वमा २१ सदस्यीय समिति गठन गरिएको छ। देउवा पक्षधर काङ्ग्रेसले १५औँ केन्द्रीय महाधिवेशनको तयारी गर्ने क्रममा यस अघि नै सिटौलालाई नेपाली जनसम्पर्क समिति, अमेरिकाको संयोजक तोकेको थियो। १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइलाले गत अक्टोबर १५,२०२६मा उनलाई अमेरिकाका लागि संयोजकमा मनोनयन गर्दै नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिेवेशन सम्पन्न गर्ने जिम्मेवारी सुम्पेका थिए।

बिस्तारित समितिको उपसंयोजकमा संजिव श्रेष्ठ रहेका छन् भने, सदस्य सचिवको जिम्मेवारी जितेन गुरुङलाई दिइएको छ। यसैगरी, सदस्यहरुमा भुवन आचार्य, राजु शाह, दिवाकर बागचन्द, इन्द्र सिटौला, सुमन वस्ती, शिव बानियाँ, सबिन बस्नेत, शिव मल्ल, राम बहादुर देउवा, अमृत ढकाल, श्याम यादव, विनोद शाह, दिपा बोहरा, कुशल नहर्पि, रोशन अधिकारी, दिपेन्द्र विष्ट, एकराज खड्का र भरत जोशी रहेका छन्।

यस सम्बन्धमा नव गठित समितिका संयोजक सिटौलाले आफूले प्राप्त गरेको अख्तियारीसहितको जिम्मेवारी पूरा गर्ने क्रममा नेपाली जनसम्पर्क समिति, अमेरिका गठन गरिएको बताए। उनले प्राप्त कार्यादेश अनुसार छिट्टै विभिन्न राज्यहरुमा च्याप्टरहरु गठन गरिने र कार्तिकको अन्तिमसम्म नेपाली जनसम्पर्क समिति, अमेरिकाको केन्द्रीय धिवेशन सम्पन्न गरिने बताए।

यस अघि नेपाली जनसम्पर्क समिति, अमेरिकाले गत अगस्ट १४, १५ र १६ मा अमेरिकाको भर्जिनियामा तेस्रो अधिवेशन सम्पन्न गरेको थियो। उक्त अधिवेशनमा मुनिन्द्र नेम्वाङ सभापतिमा, विनोद भट्ट वरिष्ठ उपसभापतिमा, हरिप्रसाद शर्मा, निमा बोम्जम, सञ्जीव श्रेष्ठ र श्रीराम थापा उपसभापतिमा र सुशील खत्री युवा उपसभापतिमा चयन भएका थिए। त्यसैगरी, महामन्त्रीमा नारायण खनाल र गौतम दाहाल, सहमहामन्त्रीमा अर्जुन बम र अनिता परियार र कोषाध्यक्षमा नारायणप्रसाद पोखरेल चयन भएका थिए।

सदस्यमा खेमराज बाँस्तोला, हरिप्रसाद खनाल, राजुप्रसाद रौनियार, देवराम ओली, पवन शर्मा, बलबहादुर केसी, मीनबहादुर खड्का, बेगबहादुर हमाल, लोकनाथ तिम्सिना, विश्वमान आङ्देम्बे, राजेन्द्र रेग्मी, दिनेश डाँगी, नवराज न्यौपाने, रोशनकुमार ढुङ्गाना, नेत्र केसी र अनिल पाण्डे चयन भएका थिए। उक्त समितिले गगन थापा नेतृत्वको काङ्ग्रेसले हालै सम्पन्न गरेको महाधिवेशनमा सहभागिता जनाएको थियो।

देउवा पक्षधर काङ्ग्रेसले आउदो मङ्सिर २१, २२ र २३ गते काठमाडौंमा १५औँ केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ।