काठमाडौँ । दिल्ली प्रहरीले आम आदमी पार्टी (आप) का नेता अरविन्द केजरीवाल र पश्चिम बंगालकी पूर्व मुख्यमन्त्री तथा तृणमूल कांग्रेस (टीएमसी) प्रमुख ममता बनर्जीलाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिएपछि आम आदमी पार्टी (आप) का नेता अरविन्द केजरीवालले प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारमाथि तानाशाहीको आरोप लगाउँदै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा मागेका छन् ।
भिडियो सन्देशमा केजरीवालले देशका युवा जागिसकेको र कथित मत चोरी नसहने बताएका छन् । उनी राज्यसभा सांसद सञ्जय सिंहसहित जन्तर मन्तरतर्फ मार्च गरिरहेका बेला प्रहरीले नियन्त्रणमा लिएको थियो । आप नेता सौरभ भारद्वाजले प्रहरीले केजरीवालमाथि दुर्व्यवहार र धकेलाधकेल गरेको आरोप लगाएका छन् ।
यसैबीच, टीएमसी प्रमुख बनर्जीलाई पनि दिल्लीको साउथ एभिन्युस्थित बस स्ट्यान्डमा धर्ना दिइरहेका बेला प्रहरीले नियन्त्रणमा लिएको हो ।
हिरासतमा लिनुअघि बनर्जीले आफूहरूलाई जन्तर मन्तर जान नदिइएको भन्दै वर्तमान अवस्थालाई सन १९७५ को आपत्कालीन अवस्था भन्दा खराब भएको टिप्पणी गरेकी थिइन् ।
टीएमसी प्रवक्ता साकेत गोखलेले सामाजिक सञ्जालमा ममता बनर्जीसहित पाँच जनालाई दिल्ली प्रहरी र केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) ले निवासबाहिरबाट नियन्त्रणमा लिएर अज्ञात स्थानमा लगेको बताएका छन् । उनले घटनालाई भारतमा लोकतन्त्रको हत्या भएको टिप्पणी गरेका छन् ।














प्रतिक्रिया