काठमाडौँ । नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५ औँ महाअधिवेशन गराएर शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गर्ने बताएका छन् ।
शनिबार काठमाडौँमा सञ्चारकर्मीसँगको छलफलमा नेता महतले देउवाको नेतृत्वमा १४ औँ अधिवेशन सम्पन्न भई निर्वाचित भएको र १५ औँ अधिवेशन गराएर उनले नै नेतृत्व हस्तान्तरण गर्ने उल्लेख गरे। आफूहरुको महाधिवेशन प्रक्रिया उत्साहपूर्वक अघि बढिरहेको उनले बताए।
नेता महतले प्रतिकूल अवस्था र अनेकौँ दबाबका बाबजुद पनि पार्टीका नेता तथा कार्यकर्ता आफैँ खर्च गरेर, कुनै तामझामविना देशैभरिका जिल्ला तथा वडा तहमा स्वःस्फूर्त रूपमा जुटिरहेको दाबी गरे ।
विशेष अधिवेशन भनेर पार्टीलाई बिथोल्ने कोसिस गलत भएको र यसको विरुद्धमा पार्टीका नेता, स्थानीय जनप्रतिनिधि तथा सांसद्हरू उभिएको उनले बताए ।
उनले पार्टीको मूल आदर्श, मूल्य र मान्यतालाई जोगाउन न्यायको पक्षमा उभिएको र अदालतबाट पनि न्याय पाइनेमा पूर्ण विश्वास रहेको धारणा राखे ।
भ्रममा परेर अर्को अधिवेशनमा सहभागी भएका नेता तथा कार्यकताहरु पनि गल्ती महसुस गरी वडा तहदेखि नै पुनः आधिकारिक प्रक्रिया र अभियानमा जोडिन थालेको उनको भनाइ छ ।












प्रतिक्रिया