राजनीति-समाज

सरकारमा हुनेहरूले जेनजी आन्दोलनबारे सत्यतथ्य समेटिएको प्रतिवेदन गायब पारे : प्रचण्ड

सरकारमा हुनेहरूले जेनजी आन्दोलनबारे सत्यतथ्य समेटिएको प्रतिवेदन गायब पारे : प्रचण्ड


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले ठूलो षड्यन्त्र गरेर गत भदौ २३ गतेको जेनजी आन्दोलन हाइज्याक गरिएको दाबी गरेका छन्।

आज एक कार्यक्रममा सहभागी हुन सिन्धुपाल्चोक पुगेका प्रचण्डले जेनजी आन्दोलनको अपहरणकारी को थिए ? भन्दै प्रश्न गरे।

Advertisement

उनले भने, ‘त्यो घुसपैठ गर्ने को थिए ? र तिनले अहिले देशलाई कहाँ पुर्‍याए ? भन्ने कुरा त्यो विन्दुबाट गहिरो अध्ययन गर्नुपर्ने आवश्यकता छ । मलाई विश्वास छ समयको साथमा सत्यहरू उद्घाटित हुँदै जानेछन्।’

मानवअधिकार आयोग र सुरक्षा निकायहरूले तयार पारेका प्रतिवेदन अहिले सरकारमा हुनेहरूले गायब पारिएको आरोप लगाए ।

उनले भने, ‘म सुन्दै छु, आज मेरो कसैप्रति आरोप लगाउन अहिले चाहेको छैन। तर म यो फेरि भन्न आवश्यक ठानेको छु कि ती प्रतिवेदनहरू गायब पारिएका छन्। अहिले सरकारको जिम्मेवारीमा हुनेहरूले गायब पारेका छन् भन्ने आरोप लाग्ने गरेको छ। सत्य तथ्य के हो ?’

उनले भदौ २४ गते विध्वंस कसले गर्‍यो ? भन्दै प्रश्न गरे ।