काठमाडौँ । भदौ १० गते आएको भीषण बाढीपछि रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजना क्षेत्रमा बेपत्ता भएका व्यक्तिको खोज तथा उद्धार कार्य अझै जारी रहेको प्रधानमन्त्री बालेन शाहले बताएका छन् ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत बाढीका कारण प्रभावित विद्युत् आयोजना क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले जोखिमका बाबजुद निरन्तर खोज तथा उद्धार गरिरहेको जानकारी दिएका हुन् ।
उनका अनुसार रसुवागढीबाट करिब २० किलोमिटर उत्तरपूर्वमा रहेको लाङटाङ हिमाल क्षेत्रबाट आएको हिमपहिरोका कारण भोटेकोशी नदीमा लेदोसहित आकस्मिक बाढी आएको थियो। बाढीले सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याउनुका साथै त्यहाँ कार्यरत केही व्यक्ति सम्पर्कविहीन भएका थिए ।
प्रधानमन्त्री शाहले स्रोत, साधन र समयको सीमितताका बाबजुद बेपत्ताको खोजी कार्य अन्तिमसम्म जारी राख्ने बताएका छन् ।












प्रतिक्रिया