चितवन । रसुवाको भोटेकोशी विनाशकारी बाढीमा बेपत्ता भएकामध्ये हालसम्म एक हजार ३०४ जनाको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शुक्रबार बेलुकी ५ः०० बजेसम्मको अद्यावधिक विवरणअनुसार रसुवामा १४६, नुवाकोटमा १८९, धादिङमा ६७, चितवनमा ३५९, गोरखामा ७२, तनहुँमा ३८, नवलपरासीपूर्वमा २२१ र नवलपरासी पश्चिममा २१२ शव फेला परेका छन् ।
प्रहरीको तथ्याङ्कअनुसार रसुवाका एक हजार १७२, नुवाकोटका ३ हजार १५८ र धादिङका ३ गरी कुल ४ हजार ३३३ जनाको उद्धार गरिएको छ । बाढीबाट अझै चार हजार ८९८ जना सम्पर्कविहीन छन् ।
चितवनमा फेला परेका ३५९ शवमध्ये पहिचान नभएका ३३५ शवको व्यवस्थापन गरिएको, पहिचान खुलेका १२ शव आफन्तले सनाखत गरी बुझेको र १२ शव भरतपुर अस्पतालको शव गृहमा रहेको प्रदेश प्रहरीले जनाएको छ ।












प्रतिक्रिया